मधुवन सरकारको शैक्षिक सुधारमा मेरो बुझाई

 मधुवन सरकारको शैक्षिक सुधारमा मेरो बुझाई

मंगलबार जेठ १५ , २०७५

 शितल थापा

मधुवन नगरपालिकाले केहि दिन अगाडी ३२ विद्यालयहरुमध्ये १५ ओटा विद्यालयमा प्रधानाध्यापक तथा विषय शिक्षकहरुको मिलान गर्दै आज २४ जना शिक्षकहरुलाई काजमा खाटाएको छ त्यहि सेरोफेरो केन्द्रीत मेरो बुझाई बारेमा यो आलेख लेख्दैछु ।
स्थानिय तहको निवाचनको बेला एउटा कार्यक्रममा मेयर पदका उमेदद्धार गणेश क्षेत्रीले भाषण ठोके साचै मधुवनको बिकास, सुधार र समृद्यिका योजना सुनाए मलाई होइन मेरो योजना र सपनाहरु साकार पार्न  मतदान गनुहोस भने, सुन्दा केहि आशा पलाएको थियो । कर्मचारी तन्त्रले शासन गरेको २०औं बर्ष जनप्रतिनिधिले चुड्कीका भरमा केहि गर्नसक्ने अबस्था थिएन केहि सिक्दै गर्दै गर्दा बिभिन्न भेटमा भन्नु हुन्थो  तपाईहरुको सहयोग चहिन्छ है, मेरो कमजोरी होलान सहजक गर्नु होस है, म बिकास र शैक्षिक सुधारमा केन्द्रित छु रचनात्मक सहयोग गनुहोस भन्नु हुन्थो कैयौ पटक वहाको च्याम्बरमा हातैहाल्लान भन्ने मान्छेहरु दिल खुस  गरेर र्फकिएको देखेको छु आज बिकास संगै शैक्षिक सुधारमा केहि काम गरेको मधुवन नगरले सादुबाद दिन चहान्छु ।

मधुवन सरकारले शैक्षिक गुुणस्तर मापनको निम्ती गत शैक्षिक सत्रमा कक्षा ८को उपलब्धि परीक्षण नतिजा बाहिर ल्याएको थियो  उक्त परीक्षणले कक्षा ८ का विद्यार्थीको अंग्रेजी , गणित र विज्ञान विषयमा शैक्षिक उपलब्धि निर्धारण गरेको थियो बस्तुगत अबस्थाको नतिजा ले नगरको शिक्षाको अबस्था बारेमा एक सचेत जो कोहि पनि  चिन्तीत हुने अबस्था आयो नगरको निम्ती ठुलो चुनैती जस्का कारण शिक्षकको दरवन्दी मिलान तथा तहगत प्रधानाध्यापक मिलानको अबधारण निमार्ण जरुरी भयो ।
उक्त नतिजाले अंग्रेजी  गणित र विज्ञानमा उपलब्धि कम भएको तथ्य औंल्याएयो  थियो परीक्षणको नतिजामा, संस्थागत र सामुुदायिक विद्यालयका विद्यार्थीको नतिजा संस्थागत विद्यालय राम्रो थियो र अन्य पक्षमा पनि तुुलनात्मक रुपमा सामुुदायिक विद्यालयका अगाडी  थियो ।

आधुुनिक प्रविधिको क्षेत्रमा प्रगति हुँदै गरेको विश्व परिवेशमा यससँग जोडिएका विषय अंग्रेजी  गणित विज्ञानमा विद्यार्थीले उपलब्धि बढाउनुुपर्नेमा घट्नुु दुुःखद् कुरा  हो ।  यसबाट हामीले के भन्न सकिन्छ भने अंग्रेजी  गणित विज्ञान किताबी ज्ञानमा मात्र सीमित गरियो, यी विषय शिक्षणमा परिवेशअनुुसार शिक्षण सिकाइ गर्न सकिएन, जीवन पद्धतिसँग जोड्न सकिएन, विगतदेखि नै अंग्रेजी  गणितलाई कठिन विषयको रूपमा नै लिइयो ।यस विषयलाई अझै दैनिक जीवनसँग जोडेर सरल, रमाइलो तरिकाले शिक्षण गर्न सकिएन, यी विषयलाई व्यावहारिक तरिकाले शिक्षण गर्नका लागि गरिएका शिक्षक तालिम उपलब्धि विहीन भए तालिमी भन्दा कुनै पनि अबसरबाट टाडा भएकाहरु शिक्षण सिकाइर्,  नतिजा राम्रो देखीयो । यसले मधुवन सरकार  बिद्यालयको भौतिक बिकास, शैक्षिक बाताबरण निमार्ण, ब्यबस्थापकीय सुधारलाई  पहिलो प्रथामिकता दिने निष्र्कषमा पुग्यो भन्दा फरक नर्पला ।
बिद्यालय भित्र चरम राजनिती, प्रधानाध्यापक बिरुध  गुट निमार्ण र चलखेल, आर्थिक अपार्द्शिता र दबाफ  शिक्षक नियुतिमा परिवारबाद केन्द्रीत,  राजनितीक संरक्षण, बिषय बिशिषज्ञ आर्थीक चलखेल, निरिक्षण फितलो , शिक्षकहरूको पेसागत संघ–संगठन दादागीरी पढाईमा भन्दा काज, कार्यक्रमहरुमा सहभागीता, निश्चित शिक्षक बिरुध घेराबन्दी लामो बर्ष देखी झागिएको जरा हागाबिगा नहल्लाउदा सम्म शैक्षिक बाताबरण निमार्ण, ब्यबस्थापकीय सुधार संभब थिएन अतः शिक्षकको दरवन्दी मिलान तथा तहगत प्रअ मिलान समान अबश्यकता सिद्धान्त आधारमा दरबन्दी  बितरण नगरको पहिलो प्रथामिकता थियो भनि हिजो दिनमा ति  प्रधानाध्यापक र  शिक्षक बिरुध  लागेका आरोप सफाई पाउने अबसर दिनु पनि  नगरको दायीत्व थियो ।

भनि अर्को पाटो भनेको आम नागरिकका बालबालिका पढ्ने सामुुदायिक विद्यालयको सिकाइ उपलब्धि किन उल्लेख्य मात्रामा कम भयो भन्ने थियो जुन सुधार गर्न अपरिहाय थियो ।संस्थागत विद्यार्थीको तुुलनामा सामुुदायिकका विद्यार्थीको शैक्षिक उपलब्धि कम हुुनुुको कारणमा सामाजिक, आर्थिक,राजनितिक सास्कृतिक पथलाई पनि  कारण रहेका छन बालबालिका पहिला  पाठशाला उस्को  घर ,आमाबाबुु, परिवार र सामाजिक परिवेश हो । पहिलो सिकाईले नै मान्छेको भबिष्य असर गर्ने गर्दछ ।

सामाजिक र आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिकाको स्वास्थ्य अवस्था राम्रो हुुन्छ। गर्भमा रहँदा आमाले खाने पोषणयुुक्त खाना, लगाउने खोप, पाउने वातावरण, जन्मेपछिको स्याहारसमेतले बालबालिककाले विद्यालयमा पुुगेर सिक्ने कुुरामा प्रभाव परेको यसमा दुइमत नहोला ।
शैक्षिक उपलब्धि कमजोर हुुनुुमा आर्थिक सामाजिक बाहेक अन्य धेरै कारण पनि रहेका छन्। ती कारणमध्ये सबैभन्दा महत्वपूर्ण भनेको संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयमा पढाइ हुुने दिन, घन्टा र समय कम हुुनुु हो। संस्थागत विद्यालयको तुुलनामा सामुुदायिक विद्यालयमा विभिन्न बहानामा विद्यालय बन्द हुुने, स्थानीय बिदा बढी हुुने, शिक्षक विद्यार्थी अनुुपस्थित बढी हुुने कारण हो। पढाइ हुुने दिन, घन्टा र समय बढी भएका सामुुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि तुुलनात्मक रूपमा बढी नै पाइन्छ अब यस तर्फ पनि मधुवन सरकारको ध्यान जायोस भन्ने बिशेष अग्रह गर्न चाहान्छु ।

शिक्षक दरबन्दी विद्यार्थीको अनुुपातमा न्यायोचित तरिकाले वितरण हुुन नसक्नाले कतिपय क्षेत्रमा शिक्षक काम नपाएर बस्ने र कतिपय स्थानमा एक शिक्षकले एकैपटकमा दुुई वा त्योभन्दा बढी कक्षामा पढाउनुुपर्ने अवस्था पनि विद्यमान अबस्थालाई चिर्दै न्याय चित दरबन्दी मिलान थपघटको सुरुवत पनि गरेको छ । हिजो जस्तो दलबल  राजनितीक हस्तक्षेप पेशागत संघ संगठन घेराबन्दीमा दरबन्दी दिने चाकरी पथाको अन्त्य गदै दरवन्दी मिलानको क्रममा २२ ओटा नयाँ दरवन्दी कोटाहरु सिर्जना गरेर मावि र निमावि का शिक्षकहरुलाई नगरपालिकाबाटै तलव भत्ता खाने ब्यबस्था गरिनु एउटा पनि माविमा दरवन्दी नभएकालाई ४ ओटा र निमाविमा २ ओटा दरवन्दीहरु दिइने गरी मिलान गरिरएको आफैमा राम्रो एतिहासिक कार्य हो ।

बिगतमा तालिमहरु धेरै भए तर तालिममा सिकेका कुुरा कक्षाकोठामा पुुग्न र प्रयोग हुुन सकेन ्त्यस्को अन्त्यका निम्ती सामुुदायिक विद्यालय समुुदायकार संथागत बिद्यालय प्रअ ब्याबस्थापन समितीको अध्यक्षहरुको  शैक्षिक अध्यान भ्रमण समेत गरायो  जुन कुरा हाल  अंग्रेजी माध्याम बाट पठन पाठनको सुरुबाट पनि प्रमाणीत हुदै छ ।जस्ले सामुुदायिक विद्यालयले सचेत अभिभावक गुुमाउँदै गएको अवस्था छ अन्त्य गर्ने छ भन्ने हाम्रो बुझाई रहेको छ । समुुदायको सहयोग पनि निकै घटेको छ तर यहि बहानमा  बिभिन्न बहानामा अभिभाबक लाई चर्को शुल्क लिने कामको अन्त्य हुन जरुरी रहेको छ ।
देशमा भएको राजनीतिक परिवर्तनले सामुुदायिक विद्यालयको सुुधार र विद्यार्थीको उपलब्धि वृद्धिका लागि मौका सिर्जना पनि भएको छ। विगतमा जनप्रतिनिधि नहुुनाले विकास निर्माण र सामुुदायिक काममा निकै ठूलो समस्या भोग्नुुपरेको थियो। अहिले आएर संविधानले नै स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ। जनप्रतिनिधि निर्वा्िचत भएका छन्। जनप्रतिनिधिलाई कर्मचारीबाट पर्याप्त सहयोग हुुने हो भने जनप्रतिनिधिले सुुधारको स्वामित्व लिन र सुुधारका लागि काम गर्न सक्ने सम्भावना लाई आत्मसात गरेको भन्दा फरक नर्पला ।
 स्थानीय तहलाई विगतका अभ्यास, भोगाइ र सिकाइका बारेमा अभिमुखीकरण गरिनुुपर्ने आवश्यकता छ जुन कुरा शिक्षा अधिकृत र गुरुहरुबाट  सुझाब अनिर्वय रहेको छ । विगतमा नजिकबाट अनुुगमन हुुन सकेन, अनुुगमन नाम मात्रको भयो। अबका दिनमा वडावडामा जनप्रतिनिधि रहेको, नजिकबाट अनुुगमन हुुन सक्ने, राम्रो गर्नेलाई पुुरस्कृत र गलत गर्नेलाई दण्डित गर्न सक्ने सम्भावना पनि छ।त्यहि भएर मधुबन सरकारले शिकाई उपलब्धी अभिबृधि गर्ने प्रयोजननार्थ  नगरक्षेत्रको माध्यामिक  अधारभुत सोही तहकै स्थायी प्रअकाो व्यवस्था तथा विषयगत रूपमा शिक्षक व्यवस्थापन काज सरुबा गर्ने महत्बपुर्ण कार्यभार पुरा गरेको छ । समान्य चितदुखाई बाहेक समर्गमा यो एतिहासिक कार्य थियो यस्का निम्ती नगर प्रमुख गणेश बहादुर क्षेत्री,  उप प्रमुख शुबरानि थारु पुर्ब प्रशाशकिय प्रमुख धर्मराज न्यौपाने प्रशाशकिय प्रमुख गोपालराज तिमिल्सेना सबै वडा अध्यक्ष, नगर शिक्षा अधिकृत पुण्य प्रसाद न्यौपान,स्रोत ब्यातिm गोगुल पोख्रेल नगर शिक्षा समिती र नेपाल शिक्षक महासघ मधुवन नगर ,शिक्षकहरूको पेसागत संघ–संगठन तथा कमचारीहरूको उत्तिकै योगदान छ ।

शिक्षक दरबन्दी मिलान मधुवनको आजको ठूलो अवश्यकता थियो र भएका दरबन्दीलाई न्यायोचित तरिकाले वितरण गर्न र विषयगत शिक्षक व्यवस्था गरी उपलब्धि वृद्धिमा सहयोग पुुग्नेछ। विगतमा पनि कार्यक्रम नभएका भन्दा पनि भएका कार्यक्रम प्रभावकारी तरिकाले सञ्चालन हुुन नसकेका हुुन। अबका दिनमा योजना, परियोजना र कार्यक्रम कागजमा मात्र सीमित नहुुन बताबरण  निमार्ण होस  झारा टार्ने किसिमले कार्यान्वयन हुुने अवस्था अन्त्य गर्न कार्य को सुरुवत भएको छ यसले शैक्षिक उपलब्धि वृद्धिमा सहयोग पुुग्नेछ । शिक्षकको दरवन्दी मिलान तथा तहगत प्रअ मिलान गर्न सफल भएकोमा मधुवन नगरपालिकालाई मेरो तर्फबाट  हार्दिक बधाईका ज्ञापन गर्दछु, भाबि प्रधानाध्यापक नया अबसर र चुनैतिलाई द्धन्दबादी सर्बमान्य सिद्धान्तलाई आत्मसाथ कुशल अभिभाबकिय दायित्ब पुरा गर्ने हुने छ आसा लिदै हार्दिक शुभकामना  बधाईका ज्ञापन गर्दछु ।  अस्तु

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt