भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

शनिबार जेठ ५ , २०७५

 

सरदार भक्ति थापाको जन्मस्थल संरक्षण, सम्वद्र्धन तथा विकास समितिले उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग राखेको छ ।

शनिबार भक्ति थापाको शालिक अनावरण कार्यक्रमका सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे ।

Image may contain: 1 person, flower, plant and outdoor

सरदार भक्ति थापा जन्मस्थल संरक्षण सम्वद्र्धन तथा विकास समितिले मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेसीमा उनको शालिक स्थापना गरेको छ । शालिकको प्रदेश ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिबार अनावरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गदै मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर थापालाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने बताए । उनले थापालाई राष्ट्रिय विभुति घोषणा नगर्नु दुखदायी पक्ष रहेको बताए ।

विर योद्धा थापाले पुर्‍याएकोे उच्च योगदानको कदर हमेसा गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले वीर योद्धाकै कारण नेपाली शीर उच्च रहेको बताए । मन्त्री लम्सालले राज्यले थापाजस्ता वीर व्यक्तित्वको उचित सम्मान गर्न नसकेको स्वीकार गर्दै उनीहरुको उचित सम्मानका लागि राज्य तयार रहेको तर त्यसका लागि इतिहासको सही विश्लेषण हुन आवश्यक रहेको बताए ।

Image may contain: 2 people, including Shreedhar Thapa, people standing, outdoor and nature

नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने वीर भक्ति थापा राष्ट्रिय एकता केन्द्रका अध्यक्ष रोहित थापाले बताए । ‘नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेलेका यस्ता व्यक्तित्वको बारेमा अध्ययन अनुसन्धान गरी वीरहरुको सहादतलाई राज्यले बुझ्नुपर्छ’, उनले भने ।

कार्यक्रममा प्रदेश ४ का सांसद धनन्जय दवाडी, सांसद मधु अधिकारी, संविधान सभाका सदस्य जमिन्द्रमान घले, राइनस नगरपालिकाका प्रमुख सिंह बहादुर थापा र मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ लगायतले बोल्दै वीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए । उनीहरुले राज्यले थापाजस्ता व्यक्तिको उचित सम्मान गर्नुपर्ने भन्दै उनीहरुको सपनालाई पुरा गर्नुपर्ने बताएका थिए ।

मस्र्याङ्दी ३ खुदी ढगैबेंशीमा थापाको शालिक सँगै संग्रहालय निर्माण, भक्ति थापा पार्क सहितको पिकनिक स्थल निर्माण गर्ने तयारी गरिएको भक्ति थापा जन्मस्थल संरक्षण सम्वद्र्धन तथा विकास समितिका अध्यक्ष चेतबहादुर थापाले बताए ।

भक्ति थापा विसं १९७१ सालतिर नेपाल–अग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मेका हुन् । उनी पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडे । गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धवन्दीका रुपमा काठमाडौँ पुगेको करिब एक बर्ष पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।

Image may contain: 4 people, including Shreedhar Thapa, people smiling, tree, sky, outdoor and nature

७३ बर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाईको नेतृत्व उनले गरेका थिए । उनको लमजुङको राईनासकोटमा समेत शालिक बनाइएको छ । शालिक अनावरण कार्यक्रममा लमजुङसहित काठमाडौँ, काभ्रे, दैलेख, दाङ, चितवन, धादिङ लगायत विभिन्न जिल्लाका थापाहरुको उल्लेखनीय उपस्थिति थियो ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt