बर्दियामा हावाहुरीले करोडौं क्षति, बिवरण संकलन कार्य जारी स्थलगत निरिक्षणमा प्रजिअ आफै खटे

बर्दियामा हावाहुरीले करोडौं क्षति, बिवरण  संकलन कार्य जारी  स्थलगत निरिक्षणमा प्रजिअ आफै खटे

सोमबार बैशाख ३१ , २०७५

सरोज कामत
मधुवन  बैशाख ३१ गते
गएराति आएको हावाहुरी बर्दियाको विभिन्न गाँउ, टोलमा ठूलो क्षति पुगेको छ। हुरीका कारण कच्चीघरका छाना र भित्ता उडाउने तथा रुखहरु ढलेका छन ।


बर्दियाका विभिन्न ठाउँमा ठुलोमात्रमा  क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गका अनुसार हुरीले १० जना घाइते भएको र ५ सय घर पूर्ण क्षति भएको प्रारम्भिक जानकारी दिदै बिबरण संकलन क्षतिको अबस्था बुझ्न आफै खटिरहेको  उनले बताए  ।

Image may contain: one or more people and outdoor
तथ्यांक संकलन भइरहेकाले वास्तविक क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए।हुरीले बर्दियाको मधुवन, ठाकुरवावा, गुलरिया, बारबर्दिया नगरपालिका राजापुर र गेरुवा गाउँपालिकामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।

Image may contain: one or more people, people standing and outdoor
 विभिन्न ठाउँहरुमा  ठूलो संख्यामा विद्युतका पोलहरु ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ । मधुवन ठाकुरबाबा  नागपालिकाको सबै ठाउँमा विद्युत आउन केहि दिनसम्म लाग्न सक्ने नेपाल विधुत प्रधिकरण गुलरियाका प्रमुख अपदेस कुमार गुप्ताले जानकारी दिनुभयो ।


हावाहुरीले सयौंको संख्यामा पोलहरु ढलेको छ । हावाहुरीका कारण विद्युतीय सर्ट भएर ठाउँ–ठाउँमा पंखा, कम्प्युटर, फ्रिज जलेका स्थानिय ले बताए  । हावाहुरीले बर्दियामा  लिचि,  कटह , केराबाली र आँप अत्यधिक रुपमा खसेपछि किसानहरु चिन्तित भएका छन् ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt