विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्र्ने प्रतिवद्धता

विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्र्ने प्रतिवद्धता

मंगलबार बैशाख १८ , २०७५

बर्दिया । वैशाख १८ गते
इन्सेकको अयोजना तथा रामज्ञानु एफ.एमको सहकार्यमा मधुवन नपा ४ माचडमा आज एक कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्र्ने प्रतिवद्धता गरेका छन् ।

Displaying 2075-01_18.jpg

 

इन्सेकद्धारा सञ्चालित इएपि अन्र्तगत भएको सेवाप्रदाय र सेवाग्राही बीच स्थानीय तह स्तरिय अन्र्तक्रया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई प्राथमिकिकरण गरी समस्या समकाधानको लागि योजना बनाएर उपलब्धी देखिने गरी सम्बन्धीत सबै निकाय र सरोकारवालाहरुलाई सहभागि गराई काम गर्ने ।

द्वन्द्व पीडितका बालवालीकाको शिक्षा र रोजगारीको लागि विशेष प्राथमिकतामा राखि अवसरको सृजना गर्ने पनि प्रतिवद्धता जनाए । साथै शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई समाधान गर्न वडा तथा नगर स्तरबाट नै काम गर्न सक्षम रहेको पनि मेयर क्षेत्रीले बताए ।

Displaying 2075-1-18.jpg

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानबहादुर चौधरीले मानअधिकार निगरानी समुह र बालअधिकार समुहले पहिचान गरी अभिलेखीकरण गरेका शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई प्रस्तुत गर्दै सहजिकरण गरेका थिए ।


   सो अवसरhttps://gm1.ggpht.com/Pv2zg3C6C_Zud4cj11PQBqvyfVvaS1ez3F6uOki788s_TI0LsZGwmcGxQizBzLbm6_jJW_1VoPlYw9VVU2f39_ubs6i-uqeoZyU8xDE8b94sXUqAH5KmDr62Tswkx-ddG3AiAyW5sdxUrBScvcSDRauNHr6ObCO4ouYw_qYPd1MepU1iYcsSgPuL_gatZCZGVW3J3a0UMtWkD4jX9zpeC6KPOJuyEdnpxuoxgdb1bhPjrvRWgMHdIUvvDB26S5q3ee3pZYhTnLjyuPOSvSVvNBY7cyxQBK4ZjCFAB2cHuNh4Qx2jV251WN22vVCUPb2HznrzTw90l5P93C11gqzlny8heGs05qv80jebaP-gOIrQ0zqyaRqqufCgF1UKyXuA--2J2yZJAOazWw5gySs9qRr4QDo104fQX7iRZi7II6WnjZjLJkUkfvDEnQvb1biIyhLlLasfIncc_X894wgz2BWYi1eVf3kDnoOYfF80kZqjUHEDNOqxa5Rbv8sRV-KjbCE7ZuhxuQFk6VkfLmWh_dojEKBIxVEp6XD0Ak73j1xzIhoRxdKsfzoaDWmCCo3nofDP8q2t8hlOPzjImQvRbONeY1g8ZnDbyh-QPC-2P3LSJZhvxnZv63WcPnYzO9opIeE8_HdfUPieyJh47KSuSYOTWE1vbREp39ZnH5snKJ2HUiScIxN_vPEwfgk5YhyYmQ=w1366-h654-l75-ftमा उपस्थित मधुवन नपा १, २ र ४ का वडाध्यक्ष क्रमश पर्शुराम चौधरी, पहाडी थारु र विन्तीराम थारुले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्या वास्तविक रहेको र आफ्नो तहबाट समाधानको लागि पूर्णरुपमा लाग्ने प्रतिबद्धता गरे । वडा नं १ का वडाध्यक्ष पर्शुराम चौधरीले विपि प्रावि कैलासी र सरस्वती प्रावि पठरपुरुवाको खानेपानीको ब्यवस्था र शौचालयको प्रयोगमा सहजता ल्याउन आउने आर्थीक वर्षमा वडाको योजनामा जसरी पनि पारेर काम गर्ने प्रतिबद्धता गरे ।कार्यक्रममा जनप्रतिनधी, शिक्षक, बालअधिकार चेतना समुहका सदस्य, कृषि समन्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt