घरमा काम भएको भन्दै मुल गेटमा ताला,भर्ना हुन हातमा पैसा लिएर बिधार्थी गेटमा

घरमा काम भएको भन्दै मुल गेटमा ताला,भर्ना हुन हातमा पैसा लिएर बिधार्थी गेटमा

बिहिबार बैशाख १३ , २०७५

शितल थापा
 मधुबन बैशाख १३ गते
“हामी सबैको इच्छा,अनिवार्य निःशुल्क आधारभूत शिक्षा”भन्ने आर्दश बाक्यका साथ सुरु भएको बिधार्थी भर्ना अभियानमा बिधार्थी भर्ना नगरे रै आज  दिउसो एक बजे नै  बिद्यालयको मुल गेट भोटे ताल्चा लगाएर धर्म ज्योती माध्यामीक बिद्यालय शिक्षकहरु घरायसी काम ब्यास्त भएका छन ।

नाम उल्लेख नगरी दिने सर्तमा छात्राले आमा सित बाट नाम लेखाउने पैसा (अभिभाबक शुल्क )लिएर  बिद्यालय आउदा मुलगेट नै बन्द  भएको भन्दै संचारकर्मीलाई टेलिफोन मार्फत जानकारी गरएका थिइन । 

करिब एक घण्टामा त्याहा पुदा  बिद्यालय पुर्ण रुपमा बन्द दियो  स्थानियका अनुसार  १ बजे  नै बिद्यालय बन्द भएको बताए । हाम्रो टोली बिद्यालय परिसरमा पुग्दा आफु शिक्षक बताउने  गोबिन्द राज  रेग्मीले किन चाहियो  बिद्यालय बन्द छ   मोटर बनाउने भए  खोल्छु नत्र भोली आउनु होस भन्दै थर्काए ।


 मधुवन नगरपालिकाको सहयोगमा  शैक्षिक सुधार र गुणस्तरिय  शिक्षण सिकाइमाको निम्ती प्रधानाध्यापक एवम् बिद्यालय  ब्यबस्थापन समिती अध्यक्षहरुको संयुक्त शैक्षिक भ्रमण रहेका  सोहि बिद्यालयका प्रधानाध्यापक मोहन सिह थापालाई टेलिफोन गरी बुझ्दा आफु बहिर भएको र निमित्त प्रधानाध्यापक होम नारायण न्यौपानेको सम्र्पक गर्न अनुरोध  गरे  ।

निमित्त प्रधानाध्यापक होम नारायण न्यौपाने ९८५८०२६३२० मा संम्र्पक गर्दा  आज बिद्यालय किन बन्द ? हामी आयौ भन्दा आज बिद्यालय बन्द भयो भर्ना अभियान चलेको छ । भोली आउनु होस  भने अनि हामी ले भन्यौ भोली सम्म हुदैन भोली त आर्कै हुन्छ  हामी आफनो परिचय दिदै भन्यै किन बिद्यालय बन्द गर्नु भयो भन्दा उनले भने घरमा काम थियो ।यसै बिषयमा मधुवन नगरपालिकाका प्रमुख प्रशाशकिय प्रमुख धर्मराज न्यौपाने संग सम्र्पक गर्दा  निश्चित समय र तोकिएको समयमा अनिर्वय बिधालय संचालन गर्नु पर्नै भन्दै नगर प्रमुख संग छलफल गरेर कारवाही गर्ने बताए ।

    

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt