बर्दिया शिक्षा विकासका इकाई प्रमुखलाई यौन दुर्व्यवहारको आरोप

 बर्दिया शिक्षा विकासका इकाई प्रमुखलाई यौन दुर्व्यवहारको आरोप

आइतबार बैशाख ९ , २०७५


यज्ञप्रसाद सापकोटा

बर्दिया,  बैशाख ९
जिल्ला प्रशासन कार्यालय बर्दिया अन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ज्ञानमणि नेपाललाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
इकाईको क्वाटरमा हिसाब सिकाउने बाहानामा यौन दुर्व्यवहार गरेको एक बालिकाले आरोप लगाएकी छन् ।
१५ वर्षीया बालिका फुपुकोमा केही दिन बस्न भनेर गत विहीबार आएकी थिईन् । उनको फुपु सोही कार्यालयका कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्द्छिन् ।  विद्यालय छुट्टी भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाले बताइन् ।
फुपु खाना पकाउनका लागि किचनमा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बाहनामा छेउमा बसेको बालिकाले बताइन् । पीडित बालिकाले भनिन ‘पढाउने बाहनामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गर्नुभयो, म पानी पिउँछु भनेर चुक्कुल खोलेर भागेँ ।’
पीडित बालिकाकी फुपुले बालिकापछि किचनमा आएर रोएको बताएइन् । गलत काम गर्ने मनासयले व्यवहार गरेको प्रष्ट देखिन्छ उनले भनिन, ‘सही मनासय थियो भने पढाउने समयमा किन भित्रबाट चुक्कुल लगाईयो ? पढाउँदा अंगालो हालेर पढाउनु पर्छ भन्ने छ र ?’
पीडित परिवारले यौन दुर्व्यवहारको आरोपमा मुद्दा दिने तयारी गरेको छ । पीडित बालिकाको आमाले भनिन् , आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन्छौँ ।’यौन दुर्व्यवहारको आरोप लागेको इकाइ प्रमुख ज्ञानमणि नेपालले भने शरिरमा छोएर पढाउँदा नजिक पन बढ्ने र पढाईमा सकरात्मक असर पर्ने भन्दै आफू नजिकिन खोजेको बताए । उनले भने, ‘मैले बच्चालाई बढी माया गर्ने र यसरी पढाउन खोजेको कारणले म फसेँ । मेरो कुनै गलत धारण होइन, खाली बच्चालाई पढाउन खोजेको कारणले मेरो चरित्रमाथि दाग लगाउन खोजिएको हो ।’ यौन दुव्र्यावहारको आरोपको खण्डन गर्दै नेपालले थपे, ‘मेरो गलत मनासय थियो भने पानी पिउँछु भनेर उठ्दा जबरजस्ती तान्ने थिएँ होला त्यो त गरिन नि ।’
प्रमुख नेपालले समाचार प्रकाशन प्रसारण भएमा आत्महत्या गर्ने समेत धम्की दिएका छन् । घटना सामाजिक रुपमा बाहिर आएपछि आफ्नो चरित्र हत्या हुने बताउँदै बाँच्नुको कुनै अर्थ नहुने बताए ।
मानवअधिकारकर्मी महिलाहरुले गलत मनासयले नै पढाउने बहानामा दुव्र्यावहार गरेको देखिएको बताउँछन् । शिक्षा अधिकारीले पढाउन के को जरुरी थियो  भर्ना अभियान र शौक्षिक सत्रको सुरु नहुदै के  सिकाउन खोजीयो ।
मुद्दा अगाडि नबढाउन अत्याधिक दवाव आईरहेकोले हाल सम्म मुद्दा दर्ता गर्न नसकिएको पीडितका आफन्तले बताएका छन् ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt