न्यु ल्याण्ड एकेडेमी वर्दिया द्धारा शुभकामना आदान प्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम स


बिहिबार कार्तिक २ , २०७४

न्यु ल्याण्ड एकेडेमी  वर्दिया द्धारा शुभकामना आदान प्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न
देव राजी, मधुवन वर्दिया 
कात्तीक २ गते,

 

                         


शुभ दिपावली र छठ पर्वको अबसरमा मधुवन नगरपालीका ८ मा रहेको न्यु ल्याण्ड एकेडेमीले शुभकामना आदान प्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एकेडेमीको शैक्षिक क्षेत्रलाइ कसरी गुणस्तर बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । 
           कार्यकम्रमा बोल्दै बिध्यालय संस्थापक सदस्य एबम बिध्यालयका शिक्षक बिनोद चन्दले शैक्षिक क्षेत्र गुणस्तर हुनका लागी कुनै पनि किसीमको अभाब र दबाब हुन नदिने बताउनुभएको छ । चन्दले शैक्षिक क्षेत्र बिकासका लागी आफु सधै लागी पर्ने बताउनुभयो । अहिलेको यो अबस्थामा शिक्षा अति नै महत्वपुर्ण भएकाले शिक्षा जस्तो क्षेत्रमा कुनै पनि किसीमको राजनिती नहुनु पर्ने चन्दको भनाइ छ । 
         उहाले सम्पुर्ण मधुवन नगरबासीहरुमा आफना बालबच्चालाइ शिक्षा बाट बन्चित नगराउन आग्रह गर्नुभएको छ । यस्तै अर्का बिध्यालय संस्थापक सदस्य जिवन खत्रीले हालसम्म आधारभुत सम्ममा मात्र रहेको यस न्यु ल्याण्ड एकेडेमीलाइ माध्यमिक बिध्यालय बनाउने बताउनुभएको छ । उहाले अहिलेको अबस्थामा आधारभुतले मात्र नपुग्ने भएकाले यसलाइ माध्यमिक बनाउन आबश्यक रहेको बताउनुभयो ।


                      कार्यक्रममा प्रमुख अतिथी रहनुभएका सामुदायिक रेडियो रामज्ञानु एफएम ८९ मेगाहर्ज तथा एकता जनसेवा केन्द्रका अध्ययक्ष नारायण बहादुर थापाले न्यु ल्याण्ड एकेडेमीमा शैक्षिक क्षेत्रको बिकासका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रम न्यु ल्याण्ड एकेडेमीका बिध्यालय ब्यवस्थापन समितीका अध्ययक्ष लिलाराम सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । 
कार्यक्रममा बोल्दै अध्ययक्ष सापकोटाले स्कुल सन्चालन गर्दा आफुले बोलेको कुरा पुरा गरेको र आगामी दिनहरुमा पनि सबैको सल्लाह अनुसार अगाडी बढने बताउनुभएको छ । यसैबिच दिपावलीका अबसरमा आजबाट बिध्यालय बन्द भएको र कात्तिक ७ गते बिध्यालय खुल्ने न्यु ल्याण्ड एकेडेमीले जनाएको छ ।

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt