अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना भएको राष्ट्रपतीय चुनाव रद्द

अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना भएको राष्ट्रपतीय चुनाव रद्द

शुक्रबार भदौ १६ , २०७४

२०७४ भदौ १७    - अफ्रिकी देश केन्याको सर्वोच्च अदालतले गएको महिना भएको राष्ट्रपतीय चुनाव रद्द गरेको छ । चुनावमा अनियमितता भएको पुष्टि भएको भन्दै सर्वोच्च अदालतले गएको अगस्ट ८ मा भएको चुनाव रद्द गर्दै अबको ६० दिनभित्र फेरि चुनाव गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डेविड मारागाले अगस्ट ८ मा भएको चुनाव संविधान अनुसार नगराइएको बताउँदै त्यसलाई अमान्य घोषणा गर्नुभएको हो । चुनावमा राष्ट्रपति उहुरु केन्याटा विजयी हुनुभएको थियो । विपक्षीले भने चुनावमा केन्याटाले अनियमितता र धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । राष्ट्रपति केन्याटाले चुनाव रद्द भएको फैसला गर्ने न्यायाधीश बदमाश रहेको आरोप लगाउनुभएको छ । तर उहाँले अदालतको निर्णयको सम्मान गर्ने उल्लेख गुर्नभएको छ । केन्याटाका विरोधी तथा विपक्षी नेता राएला ओडिन्गाले अदालतको फैसलाको स्वागत गर्नुभएको छ । तर उहाँले निर्वाचन अयोग काम नलाग्ने भएको र त्यहाँका अधिकारीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । 
 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt