उत्तर कोरियाले फेरि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले फेरि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

शुक्रबार श्रावण १३ , २०७४

उत्तर कोरियाले फेरि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल


साउन १४ – उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० परीक्षण गरेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन् । उत्तर कोरियाले जापानको समुद्री क्षेत्र तर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नु अघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेले जनाएको छ । तीन हप्ताअघि उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० परीक्षण गरेको थियो ।
उत्तर कोरियाले आइसिबिएम परीक्षण गरेपछि त्यसको प्रतिक्रिया स्वरुप अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका छन् । त्यसक्रममा जमिनबाट जमिनमा मार हान्न सकिने मिसाइलको प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले अहिले परीक्षण गरेको आइबिसिएम तीन हप्ताअघि परीक्षण गरेको आइबिसिएम भन्दा बढी क्षमताको रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको संयुक्त राष्ट्रसंघ तथा अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले निन्दा गरेका छन् । उत्तर कोरियाले सन् २०१७ लागेपछि १४ पटक मिसाइल परीक्षण गरिसकेको छ । 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt