बर्दियाको रजवारामा आगलागी नेपाली काग्रेस वडा समितीले तत्कालीन राहात बितरण


शुक्रबार बैशाख १५ , २०७४

बिनिता भाट 
बैशाख १६ रेडियो रामज्ञानु सामुदायीक एफएम, सानोश्री ,बर्दियाको मधुवन नगरपालिका २ रजवारा गाउँमा सुक्रवार दिउसो आगलागि हुँदा घर, गोठ, भान्सा जल्नुका साथै बाख्राको खोर र परालको टौवा जलेर नष्ट भएको छ ।
रजवारा गाउँका बुद्धीराम थारु, भग्गु थारु, गणेश थारु र चुनु थारुको घरगोठ, भान्सा घर र परालको टौवा जलेर नष्ट भएको स्थानिय हरी गुरुङ्गले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people standing and outdoor

आगलागिका कारण बुद्धीराम थारुको बाख्राको खोर र सामुदायिक वनको काठ समेत जलेको प्रहरीले जनाएको छ ।सदरमुकाम गुलरीया र राजापुरबाट आएको दमकल, ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आगलागिबाट झण्डै ५ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

Image may contain: 3 people, people standing and outdoor

यस  बिच अग्नी पिडित नेपाली काग्रेस वडा समितीले तत्कालीन राहात बितरण गरेको छ झुल,तन्ना,चिउरा,चाउचाउ,चिनी,बुरुस मन्जन,सोडा,नुन,साबुन सेम्फु लगाएका समान सहितको राहत हस्तान्तरण गर्न नेपाली काग्रेस क्षेत्रीय  सभापति राम चन्द्र थाप, जिल्ला सदस्य मेक बहादुर गुरुङ र २ रजवारा गाउँ समिती उपस्थिती रहेको थियो । 

Image may contain: 7 people, people standing and outdoor

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt