नगर स्तरीय अन्तर माध्यामिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन

नगर स्तरीय अन्तर माध्यामिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन

बिहिबार बैशाख १४ , २०७४

बिनिता भाट 
रेडियो रामज्ञानु बैशाख १५ ताराताल, शुक्र माध्यामिक विद्यालय अलमोनाई एशोसियसन तारातालको आयोजना र मधुवन नगरपालीकाको आर्थिक सहयोगमा नगर स्तरीय अन्तर माध्यामिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन भएको छ । 
शुक्र माध्यामिक विद्यालय तारातलको संयोजनमा को आयोजनामा भएको प्रतियोगितामा ८बटा माविका छात्र छात्राहरुको सहभागिता रहेको थियो ।
 
प्रतियोगितामा, प्रथम शुक्र माध्यामिक विद्यालय ताराताल  द्वितीय नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धनौरा तृतिय गुरास माध्यामिक विद्यालय सानोश्री सान्त्वना  नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पूर्णपूरले सान्तवना स्थान हासिल गरे ।
 
    कार्यक्रम बिद्यायलयको ब्याबस्थापन समितीको अध्यक्ष  तथा अलमोनाई एशोसियसन प्रमुख संरक्षक रामबाबु सुबेदी को अध्यक्षता र मधुवन नगरपालीकाका कार्यकारी अधिकृत एबम अलमोनाई एशोसियसनका अध्यक्ष घर्मराज न्यौपानेको   प्रमुख आतिथित्यतामा भएको थियो ।

 
प्रतियोगितामा बिजयी हुने प्रतियोगीलाई शुक्र माध्यामिक विद्यालय प्र.अ अलमोनाई एशोसियसन संरक्षक एलिजा जिसी ले नगदसहित प्रमाण पत्र प्रदान गरेका थिए । 

Image may contain: 7 people, people sitting and people standing

Image may contain: 5 people, people standing and indoor

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt