राज्य अभिभावक बन्नु पर्छ


सोमबार पौष ४ , २०७३

पौष, ५ गुलरिया, तत्कालीन विद्रोही नेकपा माओवादीद्धारा संचालित शसस्त्र विद्रोहको क्रममा राज्य र विद्रोही दुवैपक्षबाट वेपत्ता पारिएका परिवारहरुको सहभागितामा द्वन्द्वपीडित समिति बर्दिया र वेपत्ता परिवार राष्ट्रिय संजालद्धारा बर्दियाको गुलरियामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वेपत्ता परिवारहरुको अवस्थाको पुर्नलेखाजोखाः परिपुरण निति तथा नितिनिर्माणमा पारिवारिक संगठनको भुमिका विषयक उक्त कार्यक्रममा संक्रमणकालीन न्यायका जानकार वेलायती नागरिक साइमन रविन्स र वेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष रामकुमार भण्डारीको प्रमूख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा अतिथी तथा सहभागिहरुले वेपत्ता परिवारहरुको विगत र वर्तमान तथा पीडितहरुले भोगेका समस्या र राज्यको दायित्वको सवालमा विविध धारणाहरु प्रस्तुत गरिएका थिए । 
कार्यक्रममा सहभागि वेपत्ता परिवारका सदस्यहरुले राज्य वेपत्ता परिवारहरुको समस्यामा गैर–जिम्मेवारीपूर्ण ब्यवहार देखाईरहेको छ । एकातिर वेपत्ताको कानुन नहुनु न्यायको समस्या बनेको छ भने अर्कोतिर परिपुरणीय ब्यवस्था समेत नगर्नुले झन पीडामाथि पीडा थपिएको अनुभव सुनाए । वेपत्ता पार्ने कार्य मानव अधिकारको गम्भिर उलंघन भएकोले यस प्रकारको अपराधमा संलग्न कसैलाई माफी दिन मिल्दैन । द्वन्द्व पश्चात पीडित  परिवारलाई न्याय दिने मुख्य आधार संक्रमणकालीन न्यायको प्रक्रिया हो । उक्त न्यायको प्रक्रिया मार्फत पीडितहरुलाई न्यायको अनुभुति गराउन सकिन्छ । संक्रमणकालीन न्याय अन्र्तगत पीडित केन्द्रित न्याय र हानीमा आधारित न्याय दुबै भएकोले यो न्यायीक प्रक्रिया पीडितकालागि जरुरी छ । न्याय र परिपुरणलाई महत्व दिदै भएको छलफलमा पीडितहरुले राज्यले अभिभावकत्व ग्रहण गर्ने निति बनाउन माग गरेका छन् । जसले आफ्ना आफन्तहरुको अनुपस्थितीमा राज्यको छायाछत्रमा बाँच्न सकियोस् । तर पीडितहरु अहिले सहारा विहिन छन् । उनिहरुलाई नत कानुनी न्याय प्राप्त गर्ने अवस्था छ । नत सामाजिक न्यायको नै अनुभुती गरेका छन् ।
राज्यले अन्तरिम ब्यवस्था अनुसार केही सहायता दिने कार्यक्रमको थालनी गरेको छ । जस अन्र्तगत आवस्यक मात्रामा राहत सहयोग र दैनिक जिविकोपार्जनका उपायहरुको ब्यवस्था गर्न सकेको छैन । पीडितहरु भन्छन, आफुहरुलाई बिना झन्झट सरकारी कामकाजमा सहयोग, शिक्षादिक्षाका लागि उमेर र संख्या लगायतका हदम्याद हताउनु पर्ने, परिवारको सदस्यलाई अनिवार्य रुपमा रोजगारीको ब्यवस्था हुनुपर्ने, श्रीमतिहरुलाई सामाजिक न्यायको अनुभुति हुने वातावरणको निर्माण हुनुपर्ने माग राज्यसँग राखेका छन् । त्यसैगरी साँकेतिक परिपुरणको रुपमा स्मृती तथा ऐतिहासिक अभिलेखनका कार्यहरु राज्यले गर्नुपर्ने बताएका थिए । नेपालको शसस्त्र विद्रोहको कारण र परिणाम विद्यालयका पाठ्यपुस्तकहरुमा समेत राखिनु पर्छ । जसले विगतबाट शिक्षा लिन सक्ने पीडितहरुको धारणा रहेको थियो । जिल्लाका विभिन्न क्षेत्रका ७० वेपत्ता पीडित सहभागि रहेको कार्यक्रमलाई सहजिकरण गर्दै साइमन रविन्स र राम कुमार भण्डारीले न्यायको अभियानलाई पीडितको पहुँचमा नहुँदासम्म निरन्तर लागिरहने बताएका थिए । 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt