बर्दियामा युवा विद्यार्थीद्धारा सिट्ठी जुलुस


सोमबार पौष ४ , २०७३


यज्ञप्रसाद सापकोटा 
बर्दिया,५ पुष
    सरकारले दर्ता गरेको संविधान संसोधन प्रस्ताव दर्ताको विरुद्धमा बर्दिया जिल्ला सदरमुकाममा युवा विद्यार्थीहरुले सिट्ठी जुलुस निकालेका छन् । प्रस्ताव दर्ताको विरोधमा नेकपा एमाले, नेकपा माले, राष्टिय जनमोर्चासँग सम्बन्धीत युवा विद्यार्थीहरुले विरोध स्वरुप सिट्ठी जुलुस निकालेका हुन् । 
    जिल्लाका विभिन्न स्थानका विद्यार्थीहरुले वर्तमान सरकारले संविधान कार्यान्वयनको मुख्य दायित्वलाई पन्छाएर औचित्यहिन संविधान संसोधन प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।
    विरोध कार्यक्रममा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोध समेत गरेका छन् । उनीहरुले तिवारीको हत्यारालाई सरकारले छिट्टै खोजविन गरी सार्वजनिक गर्नु पर्ने बताएका छन् ।  बजारका विभिन्न ठाउँमा युवा–विद्यार्थीहरुले नाराजुलुशसहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि राधाकृष्ण चौकमा कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै अनेरास्ववियूका जिल्ला उपाध्यक्ष महेन्द्र पंगेनीले तिवारीको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।
 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt