बर्दियामा बालिका बढि बलात्कृत


सोमबार पौष ४ , २०७३

 

यज्ञप्रसाद सापकोटा
बर्दिया ५ पुष  बर्दिया जिल्लामा महिला भन्दा बालबालिका बलात्कृत हुने गरेको तथ्याकं सार्वजनिक भएको छ । इन्सेक बर्दियाले नेपाल मानव अधिकार बर्ष पुस्तकको बार्षिक सम्पादन पूर्व समिक्षा कार्यक्रममा सन् २०१६ भित्र २२ जना बालबालिका बलत्कारबाट पीडित भएको तथ्याकं सार्वजनिक भएको हो । सन् २०१५ मा इन्सेक बर्दियाले १७ जना बालबालिका बलात्कृत भएको तथ्याकं सार्वजनिक गरेको थियो । यस बर्ष  ११ जना महिला बलत्कारबाट पीडित भएका छन् । भने सन् २०१५ मा पनि ११ जना महिला नै बलात्कृत भएको तथ्याकं सार्वजनिक भएको थियो । 

Image may contain: 5 people, people sitting and beard
    त्यसैगरी सन् २०१६ भित्र ३ जना बालबालिका र २ जना महिला माथि बलत्कारको प्रयासका घटना भएको इन्सेक बर्दियाले जनाएको छ । भने ३ जना महिला यौनदुव्र्यावहरमा परेका छन् । सन् २०१५ मा भने १० जना बालबालिका यौन दुव्यावहारमा परेका थिए भने २८ जना महिला यौनदुव्यावहारमा परेको र ३ जना महिलामाथि बलत्कारको प्रयास भएको घटना सार्वजनिक भएको थियो । 
इन्सेक बर्दियाका अनुसार बर्दिया जिल्लामा सन् २०१६ भित्र ६९ ओटा मानव अधिकार उलंघनका घटना घटेको जानकारी दिएको छ । ६९ वटा घटनामध्ये महिला ४, बालिका २ र भ्रुण १ गरि ७ वटा हत्याका घटना तथा महिला ११ र बालिका २२ गरी ३३ वटा बलात्कारका घटना घटेको इन्सेकले जनाएको छ । ३ बालिका, २ महिला गरी पाँच वटा बलात्कारका प्रयास, ३ वटा यौन दुब्र्यबहारका घटना र ३ मानवबेचविखनका घटना घटेको इन्सेक बर्दियाका प्रतिनिधि मानवहादुर चौधरीले बताए । उनले जिल्लामा २ वटा बोक्सी, ५ घरेलु हिंसा, ३ जातीय छुवाछुतका घटना, २ वटा यातना, १ सम्पत्ति क्षति  एक वटा कुटपिटका घटनाहरु घटेको जानकारी दिए ।
    तुलनात्मक रुपमा गत बर्षको तुलनामा यस बर्ष मानवअधिकार उल्लंघनका घटना घटेको इन्सेक बर्दियाले जनाएको छ । सन् २०१५मा १ सय ८३ ओटा मानव अधिकार उल्लंघका घटना सार्वजनिक भएका थिए । 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt