अन्तर मा.वि विद्यालय स्तरिय कोकाकोला कप फुटवल प्रतियोगितामा मन्जुश्री मा.वि वंगालीपुर विजयी


शुक्रबार असार १० , २०७३

मनिषा खड्का, असार ११ गते, 

अखिल नेपाल फुटवल संघ वर्दियाको आयोजनामा तारातालमा जारी अन्तर माध्यामिक विद्यालय स्तरिय कोकाकोला कप फुटवल प्रतियोगिता समापन भएको छ । प्रमुख अतिथी नगरपालिकाका कार्यकारी अधिकृत वशन्त कुमार कनौजियाले  खेल रक्तसंन्चारको एउटा प्रकिया हो जस्ले मानव जिवनलाई जिवन्त राख्दछ ।स्वस्थ मान्छेनै गतिशिल हुन्छ ,जहा गतिशिलता हुन्छ त्यहा असल आचरणको विकाश हुने वताए ।समापन कार्यक्रममा विभिन्न खेल प्रेमी राजनैतिक दलका प्रतिनिधीहरु उपस्थित रहेका थिए ।

आज भएको फाइनल खेल नेपाल राष्टिय माध्यामिक विद्यालय धनौरा र मन्जुश्री मा.वि वंगालीपुर सुर्यपटुवा विच भएको थियो ।उक्त खेलमा मन्जुश्री मा.वि ले धनौरालाइ ४—.३ ले हराउदै विजय भएको छ । निधारित समयमा २—२ को  गोलको वरावरी भएपछि समय थप गरिएको थियो । थप समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्टाइवेकरमा गएको हो । असार २ गते देखी जारी प्रतियोगीतामा जिल्लाका १५ विद्यालयकोे सहभागिता रहेको थियो ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt