बालमृत्युदर आधाले घट्यो, हरेक दिन १६ हजार बालबालिकाको मृत्यु //

बालमृत्युदर आधाले घट्यो, हरेक दिन १६ हजार बालबालिकाको मृत्यु //

आइतबार भदौ २७ , २०७२

पछिल्लो २५ वर्षमा विश्वमा बालमृत्यु ५० प्रतिशतले घटेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफका अनुसार सन् १९९० यता बालमृत्युमा आधाले गिरावट आएको हो ।

२५ वर्षअघि हरेक वर्ष ज्यान गुमाउने ५ वर्ष मुनिका बालबालिकाको संख्या १ करोड २७ लाख हुने गरेकोमा यो वर्ष भने ६० लाख भन्दा कम हुने अनुमान रिपोर्टमा गरिएको छ । बालमृत्युको संख्या वर्षमा ६० लाख भन्दा कम भएको यो पहिलोपटक हुनेछ ।

तर सहायता एजेन्सीहरुले भने बालमृत्यु घटाउने मार्गमा धेरै चुनौति रहेका बताएका छन् । सन् १९९० देखि २०१५ सम्ममा बालमृत्युदर दुइ तिहाइले घटाउने सहश्राब्दी विकाश लक्ष्य पूरा नहुने पक्का भएको उनीहरुको भनाइ छ ।
दुइ तिहाइको लक्ष्य भएपनि यो अवधिमा बालमृत्यु त्यो भन्दा केही कम अर्थात् ५३ प्रतिशतले घटेको छ ।

युनिसेफीकी उप कार्यकारी निर्देशक गिता रावे विश्वव्यापी प्रगति प्रसंसनीय रहेको भन्दै तर अहिलेपनि रोक्न सकिने कारणहरुबाटै ठूलो संख्यामा बालबालिकाहरुले ज्यान गुमाइरहेको बताइन् ।

रिपोर्ट अनुसार विश्वमा हरेक दिन पाँच वर्ष मुनिका १६ हजार बालबालिकाको ज्यान जाने गरेको छ । त्यसमध्ये धेरै बालबालिकाहरु न्युमोनिया, झाडापखाला तथा औलो जस्ता रोकथाम गर्न सकिने रोगको सिकार बन्ने गरेका छन् । जबकी आधाजसो बालबालिकाको मृत्युको कारण कुपोषण रहने गरेको छ ।

रिपोर्ट अनुसार बालस्वास्थ्यको हिसाबले विश्वमा ठूलो असमानता देखिएको छ । सब सहारा क्षेत्रका बालबालिकाहरु जन्मेको पाँच वर्षभित्रमा मर्ने जोखिम १२ मा १ रहेको छ भने धनी देशहरुमा यस्तो सम्भावना १४७ मा १ रहेको छ ।

विश्वमा सबैभन्दा बढि बालमृत्युदर रहेको देश एन्गोला हो । जहाँ हरेक १ हजार जन्ममा २५४ जना बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । एन्गोलापछि बढि बालमृत्यु दर रहेका देशहरु सोमालिया, चाड तथा मध्य अफ्रिकी गणतन्त्र हुन् ।

उता लक्जेम्बर्ग, आइसल्याण्ड, फिनल्याण्ड तथा नर्वे विश्वमा सबैभन्दा कम बालमृत्युदर भएका देश हुन् । जहाँ हरेक १ हजार जन्ममा ३ भन्दा कम मात्र बालबालिकाको ५ वर्षभित्रमा मृत्यु हुने गरेको छ ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt