राधिका हमाल गायक बिसीको भूपु गर्लफ्रेण्ड भएको खुलासा

राधिका हमाल गायक बिसीको भूपु गर्लफ्रेण्ड भएको खुलासा

मंगलबार भदौ २२ , २०७२

काठमाडौं, भदौ २३ गते ।। 
नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका राधिका हमाल लोकदाहोरी क्षेत्रकै गायक कमल बिसी माल्दाईको भूपुु गर्लफ्रेण्ड भएको खुुलासा भएको छ । गायिका हमालले आफू गायक बिसीको भूपु गर्लफ्रेण्ड भएको खुलस्त रुपमा बताएकी छिन् । 

जवानी अवस्थामा आफूलाई मन पराउने केटाहरुको ताँतीनै भएपनि त्यो बेला आफू त्यसरी कसैको गहिरो मायामा भने नफसेको गायिका हमालले बताउँदै आएकी थिईन । तर अहिले आएर उनले तीज गीतमार्फत गायक माल्दाईले आफूलाई भूपु गर्लफ्रेण्ड भनेको र आफू माल्दाईको भूपु गर्लफ्रेण्डनै भएको स्पष्ट पारेकी छिन् । “कतिलेत भन्दै हिन्छन् धेरै केटा फेरी,, भन्छन् अरे माईला दाईले भूपु गर्लफ्रेण्ड मेरी” काँकरीको झालैमा लौका फलेको,, यसबर्षको यहि चर्चित तीज गीतमार्फत उनले गायक माल्दाईसंगको सम्बन्धको बारेमा स्पष्ट पारेकी हुन् । 

यता गायक कमल बि.सी. माल्दाईले भने दुनियाले कुरा काट्दा आफूलाई लाजमर्दो भएको प्रतिकृया दिएका छन् । “माया पिरम नलगाउने दुँनियामा कहाँ छ,, नानाभाती कुरा काट्दा लाजै मर्दो भाछ” भन्दै गीतबाटै गायक बिसीले गायिका हमाललाई दरिलो जवाफ दिएका छन् । गीतको मूजिक भिडियो समेत एकचोटी सबैले हेर्नैपर्ने खालको बनेको गायक बिसीले बताएका छन् । अहिले बजारमा निकै चर्चा पाईरहेको यस गीतमा कमल बि.सी. माल्दाई, राधिका हमाल र कञ्चन अधिकारीको स्वर रहेको छ । अर्कोतिर उक्त गीतको थेगो “काँकरीको झालैमा लौका फलेको” को बारेमा समेत टिका टिप्पणी भईरहेको छ ।  

     हिम सम्झौता डिजिटलमार्फत बजारमा आएको ठट्यौली र मौलिक शैलीमा तयार पारिएको यस गीतको शब्द÷लय सृजना तेजश रेग्मीले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो समेत युट्युबमा धेरैले हेरिसकेका छन् । 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt