हवाइ आक्रमणमा पाकिस्तानमा ५० विद्रोहीको मृत्यु

हवाइ आक्रमणमा पाकिस्तानमा ५० विद्रोहीको मृत्यु

सोमबार श्रावण ३२ , २०७२

भदौ १ – पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको हवाइ आक्रमणको क्रममा कम्तिमा ५० जना विद्रोही मारिएको पाकिस्तानी सेनाले जनाएको छ । अफगानिस्तानको सीमासँग जोडिएको वजिरिस्तानको आदिवासी क्षेत्रमा गरिएको हवाइ आक्रमणको क्रममा विद्रोही मारिएको सेनाले दाबी गरेको हो ।

हवाइ आक्रमणको क्रममा विद्रोहीका गोल बारुद राखिएका स्थानलाई पनि लक्षित गरिएको सेनाले जनाएको छ । पत्रकारलाई वजिरिस्तानको आदिवासी क्षेत्रमा जाने अनुमति नदिइएकाले यो खबरको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

सेनाले उत्तरी वजिरिस्तानम गएको वर्षको जुनदेखि विद्रोही संगठन तालिबान विरुद्ध लगातार कारबाही अभियान चलाउँदै आएको छ । कारबाहीको क्रममा अहिलेसम्म दुई हजार ८ सय भन्दा धेरै विद्रोही मारिएको सरकारी अधिकारीले बताएका छन् ।

– एजेन्सीको सहयोगमा

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt