ब्राजिलमा १९ जनाको हत्या

ब्राजिलमा १९ जनाको हत्या

शुक्रबार श्रावण २९ , २०७२

काठमाडौं, श्रावण ३० । ब्राजिलको साओ पाओलो सहरको विभिन्न बाहिरी क्षेत्रमा अज्ञात बन्दुकधारीको आक्रमणमा कम्तिमा १९ जना मारिएका छन् ।

गाडीमा आएका नकावधारी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा ६ जना घाइते भएका छन् ।

साओ पाओलोमा अज्ञात समूहले गत हप्ता दुईजना प्रहरीको हत्या गरेको थियो । हत्याको पछाडि बदला मुख्य कारण रहेको अनुमान गरिएको छ । (एजेन्सी)

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt