घुसको रकमसहित वडा सदस्य अख्तियारद्धारा पक्राउ


बिहिबार पौष १२ , २०७५


 सरोज कामत  
बर्दिया पुस १२,  बर्दिया राजापुर नगरपालिका १० का वडा सदस्य घुसको रकमसहित पक्राउ परेका छन्।
क्रसर उद्योगको दर्ता सिफारिस मिलाइ दिने बाहनामा सेवाग्राहीसँग दुई लाख ५पचास हजार रकम घुस लिँदै गर्दा वडा सदस्य उत्तम चौधरी पक्राउ परेका हुन्।
घुस रकम माग गरेको भन्ने सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले वडासदस्य चौधरीलाई पक्राउ गरेको हो । उनलाई कोठियाघाटमा रहेको इच्छा होटलबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान  गरीरहेको सम्पर्क कार्यालय नेपालगञ्जका शाखा  अधिकृत  नारायण दत्त उपाध्यायले बताए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt