नैतिक मुल्यको पाठ श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञले सिकाएको छ– प्रजिअ कुरुम्

नैतिक मुल्यको पाठ  श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञले सिकाएको छ– प्रजिअ कुरुम्

बिहिबार पौष ५ , २०७५

 

बिनोद चन्द

पौष ५ मधुवन बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफु यो जिल्लालाई इमान्दारीता, नैतिक मुल्य तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधी  जिल्ला निमार्णमा आफु कृयाशिलरहेको भन्दै यहि नैतिक मुल्य सिकाउन श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ तथा शैक्षिक महोत्सवलेपाठ सिकाएको बताएका छन ।


बर्दिया जिल्लाको मधुवन ९ पुर्णपुरमा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा प्राविधिक शिक्षालय र स्र्माट बिद्यालयस्थापना गर्ने उदेश्यले यही मंसिर २७ गते देखि पुष ५ गते सम्म मधुवन ९पुर्णपुरमा  श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ तथा शैक्षिक महोत्सवमा कार्यक्रमलाई सम्बोधन गर्दै  सो कुरा बताएका छन ।


मुल आयोजक समिति संयोजक हर्क बहादुर बस्नेतको अध्यक्षतामा संचालित समापन कार्यक्रममा बिशेष अतिथी एबम मधुवन नगरपालीका प्रमुख गाणेस बहादुर क्षेत्री रहनु भएको थियो ।


कार्यक्रमाम वोल्दै प्रमुख गाणेस बहादुर क्षेत्रीले शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न सहयोग गर्नु सबै प्रति नगर नमन  गर्न चाहेको भन्दै हरेका वडामा  प्राविधिक शिक्षालय स्थापना गर्ने  नगरको परिकल्पना रहेको  यस कार्यमा सबैको सहयोग समर्थन अबश्यकता रहेको बताए  ।

नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय पुर्णपुर आयोजनामा हुने  शौक्षिक धार्मीक तथा सांस्कृतीक महोत्सब २०७५ मा पण्डित बन्दुराज खनालले कथा वाचन गरेका  थिए ।


माध्यामिक तह सम्म मात्र अध्यापन गराउँदै आएको बिद्यालयले प्राविधिक शिक्षालय र स्र्माट बिद्यालय संचालन आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरि दिने सबैलाई बधाई धन्यबाद मुल आयोजक समिति संयोजक हर्क बहादुर बस्नेत अब को निमार्णमा सबैको भुमिका रहेको बताए ।

कार्यक्रममा सर्वोत्कृष्ट दाता  ठाकुर प्रसाद डागी , मधुबन  नगरपालिका ९नम्बर वडा अध्याक्ष डिल्लीराज खनाल  , संथापक बिध्यालय ब्याबस्थापन समिती संयोजक तुलाराम सापकोटा  सम्बोधन गरेका थिए । श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ तथा शैक्षिक महोत्सवमामा झण्डै  एक करोड  पचास लाख रकाम संकलन  भएको  बताएको छ  

 

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt