मधुवन नगरपालीका बर्दिया द्धारा प्रहरी प्रमुख मैनाली सम्मान

मधुवन नगरपालीका बर्दिया द्धारा  प्रहरी प्रमुख मैनाली सम्मान

बिहिबार पौष ५ , २०७५

बिनोद चन्द   पौष  ५ मधुवन  
जिल्ला प्रहरी  कार्यलय गुलरियाका  प्रहरी प्रमुख एबम प्रहरी उपरिक्षक  सुरेन्द्र मैनाली लाई मधुवन नगरपालीकाले एक कार्यक्रममा सम्मान गरेको छ ।
मैनालीलाई बर्दियामा आन्तरिक शान्ति सुरक्षा व्यबस्थापन र लागु औषध नियन्त्रण चोरी तस्करीमा अहम भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।


‘यो सम्मानले हौसला बढाएको छ । स्थानीय सबैको साथ पाएर शान्ति सुरक्षा होस् या लागु औषध नियन्त्रण मा धेरै हदसम्म सफल भएको महशुस सबैले गरेका छन् । ’ मैनालीले भन्नुभयो ,‘ शान्ति सुरक्षामा सबैको भूमिका हुनुपर्छ । ’
उहाँले आफु प्रमुख भएर आएपछि आठै वटा स्थानियतहमा कार्यक्रम  गरेको बताउनुभयो । ‘टोल टोलमा नगरिक सचेतन केन्द्र गठन भएका छन् भने केहि लागु औषध सेवनमा पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छौं भने केहीलाई कारबाही अघि बढाएका भन्दै फरार अभियुक्त पक्रने र तस्करी नियन्त्रण छौ मैनालीे भन्नुभयो । बर्दियामा प्रहरी प्रमुख भएर आएपछि मैनालीले धेरै सुधार गरेको आम जनताले महशुस गरेका छन् ।


‘पछिल्लो समय शान्ति सुरक्षामा धेरै राम्रो वातावरण बनेको छ,’ नगर प्रमुख गणेश बहादुर क्षेत्रीले भन्नुभयो ,‘ प्रहरीले चाह्यो भने सुधार हुन्छ यसमा हामीले पनि पूर्ण सहयोग गरेका छौ ।’ लागु औषध नियन्त्रण उहाँले सधैं खट्नु भएको छ   तस्करी गाउमा लूटपाट  घटनामा कमी आएको हामी सबैले महशुस गरेका छन् भन्नु भयो ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt