महायज्ञको पाचौँ दिन दानवीरहरु डाङ्गी परिवरले ग¥यो सर्वाेत्कृष्ट दान

महायज्ञको पाचौँ दिन दानवीरहरु डाङ्गी परिवरले ग¥यो सर्वाेत्कृष्ट दान

सोमबार पौष २ , २०७५

सरोज कामत
बर्दिया २ पुष, भौतिक पुर्वधार बिकास ,प्राविधिक शिक्षालय र स्र्माट बिद्यालय स्थापना लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ आज पाचौं दिन महायज्ञमा सवैभन्दा बढि मधुवन ९ पुर्णपुर निवासी राजनीतीकर्मी एबम दानवीर ठाकुर प्रसाद डाङ्गीले  पाचलाख पाचहजार पाचसय पाच रुपैयाँ बिद्यालयलाई प्रदान गरेका छन ।


यस्तै  मधुवन ९ पुर्णपुर निवासी समाजसेबी एबम दानवीर बल बहादुर राबतले तिन लाख एक हजार पाच रुपैयाँ बिद्यालयलाई प्रदान गरेको महायज्ञ मुल समारोह समिति संयोजक हर्कबहादुर बस्नेतले बताए ।

 उनका अनुसार समाजसेबी दानबिर एबम महायज्ञ मुल समारोह समिति संयोजक हर्कबहादुर बस्नेतले दुइ लाख एकाउन्न हजार चारसय एकासी रुपैया, यस्तै मधुवन ४ निवासी समाजसेबी दानबिरदाता सुरेस पन्त बाट  दुई लाख एकाउन्न हजार रुपैयाँ बिद्यालयलाई प्रदान गरेको बिद्यालयका प्रधानध्यापक थिरबहादुर बलीले जानकारी दिए ।

Image may contain: 6 people

मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले नगर प्रमुख भए बापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले प्राविधिक शिक्षालय र स्र्माट बिद्यालयस्थापना गर्ने ३ महिनाको तलब एक लाख पाँच हजार सहयोग गरेका थिए ।

Image may contain: 11 people, crowd

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt