खटिक हत्याका तिन आरोपी सार्बजनिक

खटिक हत्याका तिन आरोपी सार्बजनिक

बिहिबार मङ्सिर ६ , २०७५

बर्दिया,६ मंसिर
    बर्दियामा बढैयाताल गाउँपालिका ३ गोव्रेपुरुका ३५ बर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले ३ जनालाई पक्राउ आज सार्बजनिक गरेको छ ।

    सार्बजनिक गरीएकोमा  हत्aयाको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ बर्षिय लक्षिराम खटिक, सतपतियाका ४५ बर्षिय शालिकराम खटिक  र २५ बर्षिय राजेन्द्र खटिकलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ  ।

    मृतकी श्रीमती समरीरी खटिकले कार्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ ।  हत्याका मुख्य आरोपी भारतीय नागरीक भएको इलाका प्रहरी कायालयले जनाएको छ ।  ३२ र ३३ बर्षका दुइजना पेशेवार अपराधीको प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र प्रसाद मैनालीले अर्को देशमा भएको कारणले सार्वजनिक नगरेको र अन्तरदेशिय प्रहरी सँग समन्वय गरेर अनुसन्धान गरीने बताए ।

    पशु व्यापार गर्दै आएका मृतक खटिकलाई पुरानो रिसिईबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt