मधुवन नगरप्रमुख द्वारा तलब भत्ता विद्यालयलाई सहयोग

मधुवन नगरप्रमुख द्वारा तलब भत्ता विद्यालयलाई सहयोग

बुधबार मङ्सिर ५ , २०७५

सरोज कामत
बर्दिया ५ मंसिर
    बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै आफ्नो तलब भत्ताबाट बिद्यालयलाई सहयोग गरेका छन् ।
    नगर प्रमुख भए बापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका क्षेत्रीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन । नगरप्रमुख क्षेत्रीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताएका छन् ।


नगरप्रमुख क्षेत्रीले मधुवन  नगरपालिका १ सुर्यपटुवा अन्र्तगत त्रिभुवन माध्यमिक विधालयलाई ३ महिनाको तलब एक लाख पाँच हजार सहयोग गरेका छन् । होटल ब्यावस्थापन कक्षा संचालन र भौतिक पुर्वधार बिकास लागि आयोजित श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान माहयज्ञ तथा शैक्षिक महोत्सवमा उनले सो रकम सहयोग गरेका हुन् । उनी भन्छन् यहाँबाट नै आफ्नो सामाजिक कार्यको शुरुवात गरेको छु । क्षेत्रीले यस अघि १ महिना बराबरको तलब विरामीको उपचारका लागि खर्च गरेका छन् । 

 
     प्रत्येक वडामा  प्रबिधिक  कक्षा संचालनार्थ र भौतिक अवस्था कमजोर रहेका बिद्यालयलाई  सहयोग गर्ने उद्देश्य लिएको बताउँदै क्षेत्रीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए । गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उनले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt