एकीकृत घुम्ती शिविरबाट सेवा, ९५ वर्षीय बृद्धाले पाइन नगरिकता

एकीकृत घुम्ती शिविरबाट सेवा, ९५ वर्षीय बृद्धाले पाइन नगरिकता

मंगलबार कार्तिक २० , २०७५


 सरोज कामत
मधुवन कात्तिक २० गते
मधुवन नगरपालीका र जिल्ला प्रशासन कार्यालय बदियाको समन्वयमा ३ एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ । गाउँमै घुम्ती शिविर सञ्चालन भएपछि स्थानीयवासी खुसी भएका छन् ।


स्थानीय तह भए पनि नागरिकतालगायतका सेवा लिन नागरिकलाई सदरमुकाममै पुग्नुपर्ने बाध्यता थियो । नागरिकको त्यो बाध्यता अन्त्यका लागि र जनताले घर दैलोमैे प्रशासकिय सेवा, सुबिधा र परामर्श दिने उदेश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङ्गले बताए ।  


मधुवन नगरपालिका ओराली बजारमा ३ दिने शिबिरमा जिल्ला प्रशासन कार्यालयले ५ सय ८५ थान नागरिकता, जिल्ला निर्वाचन कार्यालयले ५सय १ थान फोटो सहितको मतदाता नामावली संकलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ठुलो संस्ख्यामा स्वास्थ्य परिक्षण एव औषधी बितरण गरेको छ ।


साथै शिविरमा मधुवन नगरपालिका–१ सुर्यपटुवाकी ९५ वर्षीय अम्बी रोकायले नागरिकताको प्रमाणपत्र लिएकी छन् । उनले यसअघि जिल्ला सदरमुकाम पुग्न नसकेको नागरिकता लिन नसकेको उनले गुनासो गरिन् । उनले गाँउमै घुम्ती शिविर आउँदा नागरिकता लिन पाएकोमा धेरै खुशी लागेको छ, उनले भनिन् । । घुम्ती शिविरमार्फत गाउलेहरू सेवा पाउँदा सेवाग्राहीहरू खुशी भएको देख्दा आनन्द लागेको प्रशासकिय अधिकृत  अर्जुन सुबेदीले बताए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt