अज्ञात समुहद्धारा गोली प्रहार गरि बर्दियामा एक जनाको हत्या


सोमबार कार्तिक १९ , २०७५

शितल थापा
रेडियो रामज्ञानु
बर्दिया । १९ कार्तिक बढैयाताल गाउँपालिका ३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिकको राति अज्ञात समुहले घरमा सुति रहेको अवस्थामा गोली प्रहार गरि हत्या गरेका छन् ।
पिडित परिवार अनुसार एक बजेको समयमा नकाव लगाएका पाँच जनाको  समुहले नियन्त्रणमा लिएर बायाँ तिर कोखामा गोली प्रहार गरेका थिए ।
साथै घाइते अवस्थामा रहेका मोहनलाई उपचारको लागि नेपालगंज नसिङ्ग होममा लगिएको उपचारको क्रममा मृत्य भएको हो  ।
 इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वलीले घटना मोहन खटिकको उपचारको क्रममा मृत्यु भएको सुचना आफुले पाएको र घटनाको बारेमा थप अनुसन्धाई भइरेहको पोष्ट मार्टम रिर्पोट आएपछि मात्रै भन्न सकिने  वलील बताए ।
मृतक नातेदार रामशोसन सोनकरका अनुसार उक्त समुहले घरमा रहेको पाँच लाख पनि लुटेर बताएको छ ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt