क्यान्सर पिडितलाई झारफुक गरि निको पारिदिन्छु भन्दै बारम्बार बलात्कार

क्यान्सर पिडितलाई झारफुक गरि निको पारिदिन्छु भन्दै बारम्बार बलात्कार

शनिबार कार्तिक १७ , २०७५

शितल थापा
बर्दिया । १७ कार्तिक
बारबर्दिया नपा १० बैदीका ७१ बर्षीय सुब्बा थारुले क्यान्सर रोग पीडित ४३ वर्षीय महिलालाई निको पारि दिन्छु भन्दै घरमै आएर  बारम्बार बलात्कार रहस्य खुलेको छ ।

गुरुवा (धामी झाक्री) रहेका सुब्वाले ०७४ माघ महिनादेखि उपचारको नाममा यौन दुरब्यवहार गर्दै आएको र फागुन महिनादेखि आफुले चाहेको समयमा बलात्कार गर्ने गरेको पीडितले बताए ।

यौन सम्बन्ध राख्न दिने भए झार फुक गरि दिन्छु निको गराई दिने भन्दै रातीको समयमा फोन गर्ने गरेको र बिस्तारै दिउँसो घरमै आएर ओच्छ्यानमा सुत्ने समय बित्तदै जाँदा पछि भने आफु संगै ओच्छ्यानमा सुत्ने गरेका महिलाले बताइन ।

रोग ठिक हुन भन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा चेकजाँच र उपचार गराउन गएपछि डाक्टरले क्यान्सर भएको भनेपछि सोहि अनुसार उपचार गराई रहेका बताईन ।  अस्पतालमा उपचार गराउँन जाँदा बढी पैसा भएको मैले निको गरिहाल्छु भनेकै छु । किन जान प¥यो अस्पताल बेकारमा पैसा खर्च गर्न भन्दै धम्क्याउने गुरुवाले यौन दुरब्यवहार पछि बलात्कार गरेको बताइन  ।

‘रोग निको भइहाल्छ की भनेर गुरुवाले आफु माथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिएन । तर मन अति पिडा भएपछि कानुनी न्यायको लागि प्रहरीमा गएको हुँ  प्रहरीमा जाहेरी दर्ता गदै ति महिले भनिन्।’
पीडितकोे जाहेरीका अधारमा आरोपी (धामी) सुब्वा थारु अनुसन्धानका लागि हिरासतमा लिएकोे इलाका प्रहरी कार्यालय बाँसगढीका इन्स्पेक्टर बसन्त गौतमले बताए ।

पीडित महिलाको श्रीमान बिदेश रहेका छन् । आर्थीक अवस्था कमजोर भएका कारण दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt