बर्दियामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने, ९ बजेपछि मदिरा बिक्रीमा रोक

बर्दियामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने, ९ बजेपछि मदिरा बिक्रीमा रोक

शुक्रबार कार्तिक १६ , २०७५

सरोज कामत
कात्तिक १६ बर्दिया
जिल्ला प्रशासन कार्यालय बर्दियाले दीपावली र छठपर्वलाई मध्येनजर गर्दै सार्वजनिक आव्हान गरेको छ ।
पर्वहरुलाई मर्यादित र अनुशासित बनाउन भन्दै प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ ।
दीपावलीको समयमा मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राति ९ बजे नै बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।

बिष्फोटक पदार्थले चोटपटक, आगोलागी लगायतका घटना हुने र बिष्फोटक पदार्थले स्वास्थ्यमा असर पर्न जाने भएकोले उक्त कार्यगरेमा कारबाही गरिने जिल्ला प्रशासन कार्यलय बर्दियाका सुचना अधिकारी  महेन्द्रजंग शाहीले जानकारी दिए । कार्यालयले बिष्फोटक पदार्थको ओसार–पोसार तथा बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

देउसी भैलो खेलेको तथा बिष्फोटक पदार्थको प्रयोग गरेमा वा गराएको भेटिएमा कानुन अनुसार कारबाही हुने शाहीले बताएका छन् ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt