देश आर्थिक समृद्धि तर्फ अगाडी बढ्छ ःघर्ती

देश आर्थिक समृद्धि तर्फ अगाडी बढ्छ ःघर्ती

शुक्रबार कार्तिक १६ , २०७५


यज्ञप्रसाद सापकोटा
बर्दिया,१५ कार्तिक
    नेपाल कम्युनिष्ट पार्टी बर्दियाले विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पार्टीका केन्द्रिय नेता, जिल्लाका संघ तथा प्रदेशका सभासद्, स्थानीय सरकारका प्रमुख तथा प्रतिनीधि, र जिल्लाका विभिन्न तहका नेताहरुको उपस्थीतीमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
    कार्यक्रमको प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीकी  प्रदेश नं ५ अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तिले अब देश आर्थिक समृद्धि तर्फ अगाडी बढ्ने बताएकी छन्  । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष घर्तिले सरकार ५ बर्ष सम्मको लागि स्थायी सरकार भएकोले दिगो विकास कसरी गर्न सकिन्छ भनेर योजना बनाई रहेको बताईन् । नेपालमा भएको जलस्रोतको उपयोगले देश समृद्धि तर्फ अगाडी बढ्ने बताउँदै आफ्नै लगानीमा नेपाल सरकारले चार हजार मेगावाट विद्युत उत्पादन गर्ने निर्णय गरेको बताइन् । उनले त्यसमा नेपाली जनताले शेयर लगानी गरेर आर्थिक स्तर बलियो बनाउन सक्ने बताईन्। कार्यकर्तालाई सान्त्वना दिँदै  उनले अहिले सम्म सरकारले केही उपलब्धी मुलक काम नगरेको भनेर चिन्ता नलिन आग्रह गरीन् । अध्यक्ष घर्तिले देशको आवश्यक्ता र जनताको इच्छाको कारण पार्टी एकता भएको कारणले पार्टी एकता दिगो भएर जाने बताइन्।
    कार्यक्रममा बर्दिया जिल्लाबाट निर्वाचित संघिय सभासद् विमला वि.क., तुलसी थापा, प्रदेश सभासद् तिलक शर्मा, दिपेश थारु, कुल प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रय लक्ष्मण ज्ञावली लगाएतका नेताले शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरी बर्दिया जिल्लाका स्थानीय सरकारको तर्फबाट गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले शुभकामना मन्तव्य दिएका थिए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt