स्थानीय सरकारले घाउमा मलम लगाउन अग्रसर छ - नगरप्रमुख क्षेत्री

स्थानीय सरकारले घाउमा मलम लगाउन अग्रसर छ - नगरप्रमुख क्षेत्री

बिहिबार कार्तिक ८ , २०७५

सरोज कामत
बर्दिया, काक्तिक ८ गते
मधुवन नगरपालिकाले आज द्वन्द्व पीडित तथा उहाँहरुको परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । मधुवन नगरपालिकामा शसस्त्र द्वन्द्वको समयमा राज्य र तत्कालिन बिद्ध्रोही पक्षबाट वेपत्ता पारिएका, हत्या गरिएका, यातना पाएका ब्यक्ति र परिवारलाई मधुवन नगर प्रमुख गाणेशबहादुर क्षेत्रीले सम्मान गर्नु भएको हो ।


मधुवन नपामा रहेका ६५ जना द्वन्द्व पीडित तथा उहाँहरुको  परिवारलाई  नगरप्रमुख क्षेत्रीले वेपत्ता र मृतकको फोटो तथा सम्मान पत्र प्रदान गर्नु भएको छ । यातना पीडितलाई सम्मान पत्र र दोसल्ला ओढाउनु भएको छ ।


नगरप्रमुख क्षेत्रीले १० बर्षे शसस्त्र द्वन्द्वको समयमा राज्य र तत्कालिन बिद्ध्रोही पक्षबाट घटना भई पीडित भएका ब्यक्ति र उहाँहरुका परिवारले सामाजिक न्यायका लागि स्थानीय सरकारले घाउमा मलम लगाउन अग्रसर छ र नगरले यो चालु आर्थिक बर्षका लागि ५ लाख बजेट बिनियोजन गरेको स्मरण गराउदै पीडितहरुको सामाजिक न्यायको लागी आफु नगरमा लागीरहने बताए ।
स्थानीय शान्ति समिति बर्दियाको तथ्याङ्क अनुसार बर्दिया जिल्लामा शसस्त्र द्वन्द्वको समयमा राज्य र तत्कालिन बिद्ध्रोही पक्षबाट २ सय ६६ वेपत्ता पारिएका, ३ सय ९९ हत्या गरिएका, १ सय ९८ यातना पाएका रहेका छन् । जसमा बाँगगढी नगरपालिकामा ३५ जना मृतक, ३० जना बेपत्ता र १६ जना यातना पीडित छन् ।


द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले स्थानीय सरकारले शसस्त्र द्वन्द्वका पीडितलाई स्वीकार गरी सम्मान गर्नु सकारात्मक कार्य भएको थालनी भएको बताउनु भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधान गर्नमा पनि योजना बनाएर स्थानीय सरकारले पिडित हितमा लाग्ने आशा ब्यक्त गर्नु भएको छ ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt