शंकर पक्राउ संगै जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो सफलता प्राप्त

शंकर पक्राउ संगै  जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो सफलता प्राप्त

बुधबार असोज २४ , २०७५

 रेडियो रामज्ञानु
अशोज २४ बर्दिया
फैसला कार्यान्वयन ,लागुऔषध नियन्त्रण, चेलीबेटी बेचविखन, राजस्व छलीलगायतका गतिविधितर्फ प्रहरीले उल्लेख्य प्रगति गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो सफलता प्राप्त गरेको छ।


 जिल्ला अदालत बर्दियाबाट कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्म कैद सजाय पाएका गुलरीया नगरपालिका १२ भैसाहीका ३९ वर्षीय शंकर थारुलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले वुधबार बिहान पक्राउ गरेको हो । थारुले आफ्नै गाउँकका ३० वर्षीय छोटेलाल थारुलाई गोली हानी हत्या गरेको मुद्दामा जिल्ला अदालत बर्दियाको २०७२ साल माघ १३ गतेको आदेशले फरार थारुलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दशै बिदा भएकाले दशै पछि जिल्ला अदालत बर्दियामा पक्राउ गरिएका थारुलाई पेश गर्नका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेका उनले बताए ।

    
 यस्तै जवरजस्ती करणी मुद्धामा १३÷ १३ बर्ष कैद सजाय तोकिएका गुलरिया नगरपालिका ७ का नन्कौ गोडिया र हेमराज गोडिया पक्राउ परेका छन । भ्रष्टाचार अनियमितता मुद्धामा १ बर्ष कैद भुक्तान हुन बाँकी रहेका मधुवन नगरपालिका ४ का विष्णु प्रसाद योगी, त्यस्तै सवारी ज्यान कर्तव्यमा ३ बर्ष ११ महिना सजाय फैसला भएका गुलरीया नगरपालिका ८ का कधई लोध अवैध रुपमा काठ कटान मुद्धामा ५ महिना कैद सजाय पाएका बैढयाताल गाँउपालिका ८ का कृष्ण बहादुर थारु तथा बाँसगढी नगरपालिकाका रामफल थारु तथा सोेही स्थानकै सन्तराम थारुलाई पनि पक्राउ गरिएको सकिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।   

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt