ग्रासरुट फुटबलको निरिक्षण गर्न एन्फा टोलीे बर्दिया

ग्रासरुट फुटबलको निरिक्षण गर्न एन्फा टोलीे बर्दिया

सोमबार असोज २२ , २०७५

बिनीता भाट
अशोज २२ बर्दिया
फुटबल खेलको आधारभूत तहदेखि नै विकास गर्ने उद्देश्य राखी जारी गरेको कार्यक्रमअनुसार ग्रासरुट फुटबलको निरिक्षण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) को टोलीे बर्दिया आएको छ ।

Image may contain: 3 people, including Yub Raj Shrestha, people standing, sky, outdoor and nature
एन्फाका अध्यक्ष  कर्मा छिरिङ शेर्पा उपाध्यक्षहरु पंकज बिक्रम नेवाङ उपेन्द्रमान सिह छितीज नेपाल प्रहरिका पुर्ब अतिरिक्त महनिरिक्षक बिज्ञानराज शर्र्मा   केन्दिय सदस्य प्रजेश् सिह राठोर लगायत टोलीले  आज बर्दिया जिल्ला को बदैयाताल गाउ पालिका मधुबन नगरपालिका र बारबर्दिया नगरपालिकाका बिभिन्न खेल मैदानको अवलोकन गर्नुका साथै नगर प्रमुखहरु सँग फुटबल खेलको बिकासका बारेमा छलफल् गरेको छ ।

Image may contain: one or more people, people standing, child, outdoor and nature
बर्दियालाई खेलका माध्यमबाट नेपालमा चिनाउन आफुहरु लागीपर्ने भन्दै एन्फा सित सहकार्य गरी बर्दियालाई फुटबल हब बनाउन स्थानिय सरकार तयार रहेको मधुवन नगरपालिका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले बताए ।
तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले ४५ जिल्लामा ग्रासरुट फुटबल कार्यक्रम शुरु गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्ष उमेर समुहका बालबालिका सहभागी हुने एन्फाले जनाएको छ ।

Image may contain: one or more people, people standing, grass, tree, outdoor and nature
ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न अभियान शुरु गरेको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भएको छ ।

Image may contain: one or more people, people standing and outdoor

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt