बर्दियाका कैदिवन्दीलाई निशुल्क एचआईभी परिक्षण

बर्दियाका कैदिवन्दीलाई निशुल्क एचआईभी परिक्षण

शनिबार असोज १३ , २०७५

दुर्गा अर्चाय
गुलरिया,असोज,१३। जिल्ला कारागार बर्दियाका कैदिवन्दीले शनिवार निशुल्क रुपमा एचआईभी परिक्षण गराएका छन ।  परिवर्तनका लागि हामी भन्ने सस्थाको आयोजना र सहयोगि हात नेपालले रक्त परिक्षणका लागि सहजीकरणमा  एचआईभी परिक्षण गरिएको सस्थाका कार्यक्रम संयोजक बिक्रम खरेलले वताए।


 कुनै पनि संघ सस्थाको ध्यान कारागारमा वन्दी जीवन बिताईरहेका कैदीवन्दी तर्फ कमै जानेगरेकाले परिवर्तनका लागि हामी भन्ने सस्थाको ध्यानकाषर्ण कारागार तर्फ गएको ल्याव टेक्निसीयन मनोज अधिकारीले वताए । कारागारमा वन्दी जीवन विताई रहेका कैदिवन्दी हरुले पनि आफ्नो स्वास्थ्यको वारेमा जानकारि पाई आफ्नो शरिरमा एचआईभीको भाईरस छकिछैन भनि थाहपाउन  भन्ने उद्धेश्यले कार्यक्रम कारागारमा संचालन गरिएको  टेक्निसीयन अधिकारीले वताए ।
१सय २१ जना पुरुष र १३ जना महिला गरी १सय ३४ जनाले रक्त परिक्षणबाट कारागार भित्रनै एच.आईभी. परिक्षण गराएको आयोजकले जानकारी गराएको छ । जिल्ला कारागार गुलरियामा २सय२५ पुरुष, १३ महिला र  १नावालक गरि २सय ३९ जना कैदिवन्दी रहेको निमित्त जेलर नारायण प्रसाद पोखरेलले वताए । एचआईभी परिक्षणका लागि जिल्ला प्रशासन कार्यालय बर्दियासंग अनुमति लिइएको आयोजकले वताएको छ ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt