असुरक्षित गर्भपतनलाई शुन्यमा र्पुयाउने अभियान छौ -नगर उपप्रमुख चौधरी

        असुरक्षित गर्भपतनलाई शुन्यमा र्पुयाउने अभियान छौ -नगर उपप्रमुख  चौधरी

बुधबार असोज १० , २०७५

  बिनीता भाट
अशोज १० गते ,मधुवन नगरपालिका उपप्रमुख  शुबरानी चौधरीले मधुवनमा असुरक्षित गर्भपतनलाई शुन्यमा र्पुयाउने अभियान सुरु भएको छ । असुरक्षित गर्भपतनलाइ न्यूनिकरण गदै सेबाग्राही  सहज  सेबा दिन नगरले  तयारी गरीरहेको  बताएकी छिन । अबको गन्तब्य  असुरक्षित गर्भपतन अन्त्य भन्ने नाराको साथ मधुवन स्वास्थ्य शाखा  मनाएको  दिबसमा  कार्यक्रममा बताएकी हुन  

Image may contain: 5 people, including Chetana Tharu, Kulprasad Pokhrel and Bijay Rana, people sitting
मधुवन नगर स्वास्थ्य शाखाले विभिन्न संस्थासँगको सहकार्यमा असुरक्षित गर्भपतनलाई शुन्यमा र्पुयाउने अभियान थालेको बताउदै गर्भपतन रोक्नलाई सहवासलाई प्रतिबन्धित गर्न सकिन्न र व्यवहारिक पनि हुन्न । तर गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ । गर्भपतन र यसका जटिल्ता कम गर्न सबै भन्दा उत्तम उपाय परिवार नियोजनका साधनको प्रयोग नै हो भन्दा फरक नपर्ला साथै मानिसको आवश्यक्ता बढ्दो छ । गास, बास र कपासमा मात्र हामी सिमित रहदैनौ । गास, बास र कपास संगै ‘सहवास’ पनि आजको आवश्यक्ता हो । अनि सहवास पछि त गर्भ स्वभाविक हो । तर गर्भ आवश्यक्ता नहुन सक्छ र गर्भपतन रोज्नु पर्ने हुन सक्छ ।  अभियान सफल बनाउन हाल रणनीतिक योजना निर्माणको काम भइरहेको मधुवन नगर स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत हरिहर सापकोटाले  सहजीकरण गर्दै  बताए ।

Image may contain: 4 people, crowd and indoor
अबको गन्तब्य  असुरक्षित गर्भपतन अन्त्य भन्ने नाराको साथ मनाएको  दिबसमा   बिभिन्न राजनितीक दल प्रतिनिधि महिला अधिकार कर्मी स्बास्थ स्मयसेबक कार्मचारी उपस्थिती रहेको थियो भने सानोश्री स्वास्थ्य चौकी  ब्यबस्थापन समितीका अध्यक्ष भक्तबहादुर सुनार  सभापतित्बमा कार्यक्रम मनाइएको थियो ।


सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै आज नै यो दिवस मनाइन्छ । बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि सुरक्षित गर्भपतन दिवस मनाइँदैछ ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt