शिक्षकहरु सुध्रन र परिवर्तित परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नुहोस - नगर प्रमुख क्षेत्री

शिक्षकहरु सुध्रन र परिवर्तित परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नुहोस  - नगर प्रमुख क्षेत्री

बिहिबार असोज ४ , २०७५

सरोज कामत
मधुवन अशोज ४ गते
मधुवन नगरपालीकाका  प्रथम नगर पिता एबम प्रमुख अतिथी गणेश बहादुर क्षेत्री कृष्णले शिक्षकहरु सुध्रिने र परिवर्तित परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नु पर्ने बताए छन ।

Image may contain: 3 people, people sitting
५नम्बर वडा कार्यालयलको सहयोगमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री बितरण कार्याक्रममा सो कुरा बताएका हुन  ।  

Image may contain: 5 people, people sitting
शैक्षिक सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गदै क्षेत्रीले “आर्थिक अभावमा कुनै पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन नपरोस भन्नेमा आफु रहेको बताए उनले भने, केहि समयमा नै हामी नगरमा अब विद्यालय बाहिर कुनै बालबालिका छैनन् भन्ने घोषण गर्दैछौ उनीहरुलाई विद्यालयमा टिकाई राख्न चाहिँ चुनौती पुर्ण कार्य हो र छ । भर्ना गरिएका सबै बालबालिकालाई विद्यालयमा टिकाएर सिकाउन सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नगर प्रमुख क्षेत्रीले शिक्षकहरु सुध्रिने र परिवर्तित परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नु पर्ने बताए । विद्यालयमा विद्यार्थीलाई भर्ना मात्र नभई निरन्तर उपस्थित गराउन शिक्षक र अभिभाव जिम्मेवार बन्नु पर्ने बताए । ”

Image may contain: 25 people, people smiling, crowd
५नम्बर वडाका अध्यक्ष कर्ण बहादुर खड्का अनुसार वडाभित्र रहेका भृकुटी मा बि चित्तले , मधुवन (५ आनन्द आधारभूत बिद्यालय रातामाटे बुद्ध आधारभुत विद्यालय कृष्णनगरका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । वडाभित्रका विद्यालय जाने उमेरका कुनैपनि बालबालिकाहरु विद्यालय बाहिर नहुन भन्नेमा वडा कार्यालय सधै प्रयत्नशिल रहने छ, वडा अध्यक्ष खड्काले भने,– शिक्षाको ज्योती प्रत्येक घरमा पु¥याउन यसखालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रममा वडाका बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमी शिक्षक अभिभावक विद्यार्थी तथा विद्यालय व्यवस्थापन का पदाधिकारी हरुको उपस्थिती रहेको थियो

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt