आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा आएको छ- पोख्रेल

आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा आएको छ- पोख्रेल

बुधबार असोज ३ , २०७५

बिनिता भाट
मधुवन बर्दिया अशोज ३ गते
नेपालको संविधान २०७२ घोषणा भएर लागु भएको खुशीयालीमा बर्दियाका अधिकांस स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाएका छन् ।
अन्तरकृया कार्यक्रमा प्रदेश सांसद प्रदेश सांसद एबम प्रमुख अतिथी कुल प्रसाद पोख्रोल सम्बोधन गदै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना दिदै जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पुर्याएको र सहि प्रयोग गर्न आग्रह  गर्नु भयो

 पुर्ब सासंद एबम बिशेस अतिथी खगराज शर्माले बोल्दै  नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्न गर्नु पर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन भई तीनवटै तहका सरकार सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्दै संवैधानिक र कानूनी व्यवस्था एंव लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेर लैजाने विश्वास व्यक्त गरेका छन् ।


नेकपा का नेता लक्ष्मि प्रसाद शर्मा आकसले बोल्दै भने आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली संकल्पित हुने उनको विश्वास बताएका छन ।
नेपाली काग्रेस प्रतिनिधी जग्गा प्रसाद पाण्डेल बोल्दै   नेपाली जनताबाट जारी संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको शुभकामना दिएका  छन।


नगर भित्रका संघ संस्था हरुको तर्फबाट तररातालसानाकिसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले अन्तरकृयामा बोल्दै संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको अधि बडनु पर्नेमा जोड  उनको भनाइ थियो।
 समग्र महिलाको प्रतिनिधित्ब गर्दै महिला नेतृमनु भण्डारीले बोल्दै शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताउदै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु


मधुवन सरकार प्रमुख एबम  मेयर गणेस बहादुर खत्रीले अन्तरकृयालाई सम्बोधन गदै भन्नु भयो  संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन चरणमा छौ

 हामी संविधानमा उल्लिखित जनताको सार्वभौमसत्तालाई व्यवस्थित, समुचित र उन्नत रुपमा प्रयोग गर्ने क्रममा जनताको अधिकारसम्म पहुँच र्पुयाउन अहोरात्र काम गरिरहेका छौँ। खासगरी जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो। अब भने हामी समृद्धिमा पुग्ने संरचनात्मक पक्षहरूमा काम गरेर कसरी सहज रुपमा जनताका अधिकार स्थापना गर्न सकिन्छ भन्ने सुस्पष्ट दृष्टिकोण लिएर अघि बढेका छौँ। देशभित्र र बाहिर रहेका सम्पूर्ण मधुवन नगरबासी नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। मधुवन नगरपालिकाले बिहान  प्रभातफेरी  कार्यक्रम गरेको थियो।


यस्तै बारबर्दिया नगरपालिकाले संविधान जारी हुनु पुर्व भएका विभिन्न आन्दोलनमा घाईते भएका १० जनालाई सम्मान गरेको छ ।

सम्मान पाउनेमा जुगराम थारु, विजय कुमार थारु, कालीराम थारु, शिव बहादुर मसकीमगर, कृष्ण प्रसाद थारु हुनुहुन्छ । त्यस्तै चिरञ्जिवी ज्ञवाली, सीता थारु, चुलहवा चौधरी, कुलराम थारु र बुद्धि थारुलाई सम्मान गरिएको थियो । उहाँहरुलाई सम्मान—पत्र तथा खादाले सम्मान गरिएको थियो ।

जिल्ला प्रसाशसन कार्यालय बर्दियाले पनि संविधान दिवसका अवसरमा प्रभातफेरी गरेको छ ।उक्त अवसरमा भोली विहिबार रक्तदान कार्यक्रम गर्ने बताइएको छ । जिल्लाका ८ स्थानीय तहरुका विभिन्न स्थानमा मंगलबार बेलुका दिप प्रज्वलन गरिएको थियो ।

Image may contain: 9 people, including Tilakram Sharma, people sitting and indoor

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt