बर्दियाका ३२ बिद्यालय लाई नमुना बिद्यालय बनाउने योजना


शनिबार श्रावण १९ , २०७५


दलबहादुर सुनार
 श्रावण १८  गुलरिया
बर्दियाका ३२  बिद्यालय लाई नमुना बिद्यालय बनाउने योजना निमार्ण गरिएको छ । समाबेशी शिक्षा प्रबर्धन ( पाई) परियोजनाका कर्मचारीको क्षमता अभिबृद्धी सम्बन्धि २ दिने अभिमुखिरकण कार्यक्रममा उक्त योजना निमार्ण गरिएको हो ।  
परियोजना क्षेत्रका बढैयाताल गाउँ पालिका , बाँसगढी , बारबर्दिया र राजापुर नगरपालिका अन्तरगतका ३२ बिद्यालय लाई नमुना  बनाउने योजना निमार्ण गरिएको छ ।
सस्थाका कर्मचारीहरुको क्षमता अभिबृद्धी र दलित र अपांगताको सवामा काम गर्ने संगठनको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले । आयोजित कार्यक्रममा निमार्ण गरिएको कार्ययोजनाले गुणस्तरयि तथा समााबशी शिक्षा लाई प्रभाबकारी बनाउन मद्दत हुने आयोजक सस्थाले जनाएको छ ।
श्रावण १७ गते देखी १८ गते सम्म सञ्चालन भएको २ दिने अभिमुखिरकण कार्यक्रम प्नान नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द बर्दिया र बाके नेत्रहिन संघ बाके नेपालगंजको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
    अभिमुखिरकणमा प्रतिबेदन लेखन , अनुगमन , घटना अध्ययन ,सफलताका कथा , योजना निमार्ण, बाल कल्ब अनुगमन संयन्त्र लगाएतका बारेमा प्लान नेपाल बर्दियाका कार्यक्रम संयोजक झलकमान बिश्वकर्मा., पाई परियोजना बर्दियाका संयोजक जीतराम चौधरी बाके नेत्रहिन संघ नेपालगंजकी कार्यक्रम संयोजक दीपा पौडेलले सहजीकरण गर्नु भएको थियो भने , अपांगता र दलितका सवाल सम्बन्धि बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक एव राष्ट्रिय अपांग महासंघका पूर्व केन्द्रिय सदस्य दल बहादुर सुनारले सहजीकरण गर्नु भएको सस्थाले जनाएको छ ।
 कार्यक्रममा बर्दियमा कार्यरत पाई परियोजनाका कर्मचारी र राधाकृष्ण थारु जनसेवा केन्द्रका समितीका सदस्य लगाएतको सहभागिता रहेको जनाईएको छ ।  

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt