सगरमाथा ओ.पि.सि. सिमेन्टविरुद्ध मुद्दा दर्ता ,उत्पादन र बिक्रि वितरण रोक

  सगरमाथा ओ.पि.सि. सिमेन्टविरुद्ध मुद्दा दर्ता ,उत्पादन र बिक्रि वितरण रोक

शनिबार श्रावण १९ , २०७५

दीपक श्रेष्ठ
बर्दिया श्रावण १९ गते  
घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डको ओ.पि.सि.  सिमेन्टको गुणस्तर अनुरुप नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले  कालोबजार तथा केही सामाजिक अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ ।
बर्दियाको गुलरिया बजार अनुगमनको क्रममा सिमेन्ट पसलबाट लिइएको सगरमाथा ब्राण्डको ओ.पि.सि. सिमेन्टलाई नेपाल गुणस्तर तथा तौल विभाग, बालाजु काठमाण्डौबाट गुणस्तर युक्त नभएको प्रमाणित भएको प्रतिवेदन प्राप्त भएपछि कारवाही प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताउनुभयो ।


नेपाल सरकारबाट गुणस्तर चिन्ह प्राप्त गरेको दाङबाट उत्पादित सगरमाथा सिमेन्ट ल््याब रिपोर्टबााट गुणस्तर नभएको प्रमाणित भएपछि कालो बजार तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको छ, साथै अर्को सुचना नभए सम्मका लागि यस उद्योगबाट उत्पादित सगरमाथा ओ.पि.सि.  सिमेन्ट खरिद बिक्रि तथा प्रयोग नगर्न हुन र नगराउन हुन उपभोक्ताहरुलाई जानकारी समेत सार्बजनिक अपिल गरिएको साथै कारवाही प्रक्रिया नटुङ्गीदा सम्म सगरमाथा सिमेन्ट उत्पादनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय दाङ्गलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताए ।
सगरमाथा ब्राण्डको ओ.पि.सि.  सिमेन्टमा गुणस्तरहिन भन्ने बजार तिर र केहि अनलाइनमा मात्र देखिएको तर आधिकारिक रुपमा उद्योगको कार्यालयमा हाल सम्म कुनै पनि कार्यालयबाट पत्र नआएकोले उत्पादन भईनै रहेको र बजारमा पनि बिक्रि वितरण भईरहेको घोराही सिमेन्ट उद्योग दाङ्गका जनसम्पर्क अधिकारी अमर सुवेदीले बताए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt